भवन अलपत्र पारेर ठेकेदार गायव
रामेछाप । रामेछापको मन्थली नगरपालिका ११ गेलुमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन महिनौ देखि अलपत्र छोडेर निर्माण व्यवसायी वेपत्ता भएका छन् ।
भवन निर्माण व्यवसायीले अलपत्र पारेकोले सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि स्थानीयलाई कठिनाई हुदै आएको छ । पुरानै भएपनि साविकको सुविधायुक्त भवन भत्काएर नयाँ भवन निर्माण थालिएको थियो । तर उक्त भवनको निर्माण व्यवसायीले विचमै काम छोडेका छन् । मन्थली नगरपालिका ११ का वडा अध्यक्ष भिमवहादुर मगर भन्छन् – ठेकेदारले यतिवेला सकिसक्नु पर्ने काम विचमै छोडेर हिडेकोले कारवाहिको लागि सम्बन्धित निकायमा आग्रह गरेका छौं । उनले भवन निर्माणका लागि बारम्बार जनप्रतिनिधिले निर्माण व्यवसायीलाई आग्रह गर्दा पनि वेवास्ता गर्दै आएको वताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माण गर्न थालेको गेलु प्राथमिक स्वास्थ्य केन्द्रको काम विवस निर्माण सेवाले ठेक्का पाएको थियो । गेलु सहित जिल्लाका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको लागि संझौता गरेको उक्त निर्माण सेवाले हाल सम्म विजुलीकोट र सालु स्वास्थ्य चौकी बाहेक अन्य स्वास्थ्य संस्थाको काम अलपत्र अवस्थामानै छोडेको छ ।
भवन निर्माणको काममा प्राविधिक सहयोग गर्दै आएको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार गेलु प्राथमिक स्वास्थ्य केन्द्रको काम करिव ६५ प्रतिशत मात्र सकिएको छ । निर्माण कार्यका लागि भएको संझौताको अवधि सकिएकोले पुनःतीन महिनाको म्याद थपका लागि प्रकृया अघी बढेको आयोजनाका ईन्जिनियर संजयकुमार महतोले वनाएका छन् । आयोजनाको तर्फबाट निर्माण व्यवसायीलाई बारम्बार तागेता गर्दा काम गर्न तिर भन्दा विभिन्न वहाना वनाउदै आएकोले उक्त अवधिमा पनि निर्माण सकिने कुरामा आशंका रहेको आयोजना श्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस