राष्ट्रिय बाणिज्य बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
रामेछाप – राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय मन्थलीद्वारा बित्तिय साक्षरता कार्यक्रम सुनारपानिमा सम्पन्न भएकाे छ । बैकले शनिबार मन्थली ५ काे सुनारपानिमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा बैंकका शाखा प्रमुख मुकेश दाहालले सहभागीहरुकाे जिज्ञासालाई प्रष्ट पार्दै कुनैपनि किसिमकाे कर्जा विलासीता र फजुल खर्ज गर्नका लागि कर्जा लिन नहुने भन्दै कर्जा लिनु अघि नै निश्चित उद्देश्य र याेजना बनाएर मात्र कर्जा लिन सुझाएका थिए । त्यस्तै बचत गर्ने बानि बसाल्न प्रेरित गर्दै बचतले भविष्यमा हुने फाइदाहरुका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै बैंकका अन्य कर्मचारीहरुले बैंकले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी दिएका थिए । साथै बैंकिङ तथा वित्तीय काराेबार गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा सहभागीलाई स्पष्ट पारेका थिए ।
कार्यक्रममा बाेल्दै साेही वडाका वडा अध्यक्ष रबिन कार्की (नवीन) ले वित्तीय अनुशासनलाई ध्यानमा राख्दै बचत गर्ने र कर्जा लिने गर्नुपर्ने बताएका थिए । त्यस्तै सर्वसाधारणका लागि अति आवस्यक वित्तीय साक्षरता कार्यक्रम गाउँमा संचालन गरेर अत्यन्त राम्रो कार्य गरेकाे भन्दै बैंक प्रति आभार समेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम वडा अध्यक्षकाे समन्वयमा राष्ट्रिय बाणिज्य बैंककाे शाखा कार्यालय मन्थलीले संचालन गरेकाे हाे । कार्यक्रममा कृषक समूह,आमा समुह, बचत कर्ता, विद्यार्थी लगाएत स्थानीय जनप्रतिनिधि समेत ७० जनाकाे सहभागी रहेकाे थियाे ।
यश अघि बैंकले जिल्लाका विभिन्न स्थानमा विभिन्न समूहहरुमा वित्तीय साक्षरता कक्षा संचालन गरेकाे बैंकका शाखा प्रमुख दाहालले बताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस