नबजागरण साकोसको २४ औं बार्षिक साधारण सभा सम्पन्न
रामेछाप । नबजागरण वचत तथा ऋण सहकारी संस्था मन्थलीको २४ औं बार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
एक साता अघि देखि विभिन्न क्षेत्रगत समूहमा शुरु भएको उक्त बार्षिक साधारण सभाको समापन कार्यक्रम मन्थली नगर पालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव सोमेश थापाले बार्षिक कार्यक्रम र कोषाध्यक्ष नारायण कार्कीले बार्षिक आय व्ययको विवरण प्रश्तुत गरेका थिए । त्यसै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक तारानिधि सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन बार्षिक साधारण सभा समक्ष प्रत्तुत गरेका थिए । सभाले तीन बटै प्रश्तावलाई स्वीकृत गरेको छ ।
२४ बर्ष अघि मन्थली २ टेकनपुरमा स्थापना भएको उक्त सहकारी संस्थाले हाल मन्थलीमा रहेको आफ्नै सविधा सम्पन्न भवनमा कार्यालय राखि ७ हजार ७ सय ७० जना शेयर सदस्य मार्फत बचत तथा ऋणको कारोवार गर्दै आएको छ । संस्थाको मन्थली नगरपालिका, लिखु तामाकोशी गाउंपालिका ,रामेछाप नगरपालिका र खाडादेवि गाउंपालिका कार्यक्षेत्र रहेको छ । उक्त संस्थाले यसै बर्ष देखि लिखु तामाकोशीको धोवि वजारमा सेवा केन्द्र संचालनमा ल्याएको छ भने जिल्लामानै पहिलो सहकारी एटिएम मेसिन राखेर सदस्यलाई सेवा पु¥याएको छ ।
२४ औं बार्षिक साधारण सभामा प्रश्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले गत आषाढ मसान्त सम्म कुल ३९ करोड ९९ लाख बचत संकलन, ३९ करोड १ लाख ऋण लगानी गरी कुल १ करोड ५७ लाख नाफा आर्जन गरेको छ । संस्थामा शेयर पूंजि ४ करोड ५५ लाख रहेको व्यवस्थापक रमेश उदाशले वताएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस