सहकारीमा योगदान गर्ने सम्मानित
रामेछाप । जिल्ला सहकारी संघ रामेछापले रामेछापमा क्रियाशिल ३ जना सहकारी क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरेको छ । शनिबार मन्थलीमा सम्पन्न संघको ५ औं बार्षिक साधारण सभाको अवसर पारेर उनिहरुलाई सम्मान गरीएको हो ।
सम्मानित हुनेमा मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं सहकारी अभियान्ता गोबिन्दप्रसाद घिमिरे, उत्कृष्ठ विषयगत संघ तर्फ जिल्ला बचत तथा ऋण सहकारी संघ र उत्कृष्ठ व्यवस्थापक नवजागरण वचत तथा ऋण सहकारी संस्थाका रमेश उदास रहेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघको सम्मान अध्यक्ष जेएन दाहाललाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सम्मानित अभियान्ता तथा संघलाई जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले सम्मान गरेकी थिईन । जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव नविन केसी र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले पेश गरेको प्रतिवेदन स्वीकृत गरेको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस