रसुवागढी नाकाबाट आयात बन्द
काठमाण्डौं । रसुवागढी नाकाबाट आयात रोकिएको छ । सिमावर्ती चीनको शहरमा कोरोना संक्रमण बढे सगैं उक्त नाकाबाट हुने आयात रोकिएको हो । आईतबार देखि रसुवागढी नाकाबाट नेपाल तर्फ कुनै सामान आएको छैन ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार यस अघी उक्त नाकाबाट दैनिक १५ वटा कन्टेनर आउने गरेको थियो । निर्यात भने महिनौं देखि ठप्प छ । सरकारले चीन तर्फबाट प्रमुख रुपमा २ वटा स्थल मार्ग हुदै नेपालमा सामान आयात गर्ने गर्छ । लगातारको बर्षा र पहिरोको कारण तातोपानी नाकाबाट पनि नियमित सामान आउने गरेको छैन । उक्त नाका २०७२ सालको भुकम्प पछि प्राय ठप्प नै छ । तिब्बत तर्फ कोरोना बढे सगैं सरकारी कार्यालय र विद्यालयहरु समेत बन्द गरीएको सूचना आएको कारण व्यापारिक सामान समेत रोकिएको अनुमान नेपालका अधिकारीहरुले गरेका छन् । यद्यपी सामान आयात हुन नसकेको कारण भने खुलाईको छैन । नेपाल तर्फ सामान आयातका लागि पालोमा वसेका कयौं कन्टेनर चीनमै रोकिएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस