जवरजस्ती करणी अभियोगमा दुई प्रशिक्षक पक्राउ
विराटनगर । जबर्जस्ती करणी गरेको आरोपमा कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदी पक्राउ परेका छन् । उनीहरु दुवैलाई लाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । राउत र सुवेदी मोरङ करातेका स्थायी सहायक प्रशिक्षक हुन् ।
सुनसरी घर भई हाल विराटनगरको एक नर्सिङ कलेजमा अध्ययनरत छात्रालाई राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको छात्राले जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् । पीडित छात्राले आइतबार आफूलाई राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख गर्दै जाहेरी दिएकी थिईन ।
राउत र सुवेदीले पिडित छात्रालाई पटकपटक होटलमा लगेर जबर्जस्ती करणी गर्दै भिडियो समेत खिचेको र उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिने गरेको स्रोतको भनाइ छ । तर जाहेरीमा भिडियोबारे उल्लेख नभएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस