निर्माणकाे काम बन्द गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी
काठमाडौ -नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा भएकाे मूल्यवृद्धिका कारण निर्माणकाे काम संचालन गर्न नसकिने अवस्था भएकाे भन्दै निर्माणका काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएको छ ।
इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ ।
निर्माण व्यवसायी महासंघले सोमबार विज्ञप्ति निकालेर सरकारसँग निर्माण व्यवसायीलाई राहत दिनुपर्ने माग गरेका छन् ।
केही समयदेखि भएकाे ‘निरन्तर मूल्यवृद्धिका कारण व्यवसायीहरु मारमा परेकाे बतनउदै महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति मार्फत सरकारले निर्माण व्यवसायीहरूलाई राहत दिनुपर्ने माग राखेका हुन । त्यसैगरी सरकार समग्र निर्माण उद्योगको विकासप्रति उदासिन रहेकाे पुष्टि भएकाे पनि महासचिव दाहालले अाराेप लगाएका छन ।
निर्माण व्यवसायीलाई राहत दिने गरी सरकारले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने माग गरेका छन् भने बिमा निर्देशिका २०७८ अनुसार बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप समेत लगाएका छन् ।
‘देशभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरू समेत बन्द गरी एकसाता भित्र स्थगित आन्दोलनका कार्यक्रमसहित थप अान्दाेलनका कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुनेेकुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस