सुनकोशीमा डुङ्गा दौड प्रतियोगिता सुरु
रामेछाप – अन्तर जिल्ला प्रथम खुल्ला डुङगा दौड प्रतियोगिता शनिबार रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट स्थित सुनकोशीमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका छन् ।
देशभरका २० टिमको प्रतियोगितामा सहभागिता रहेको छ । माझीको परम्परागत पेशाको संरक्षण र प्रजद्र्धन गर्ने हेतुले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सुनकोशीमा परम्परागत सिमलको डुङ्गा चलाएर वारी पारी गर्ने उक्त प्रतिस्पर्धामा माझी जातिले मात्र सहभागिता गर्न पाउनेछन् ।
एकलमा २ जना र डबलमा ४ जना वसेर प्रतिस्पर्धा गर्नुपर्ने उक्त प्रतियोगितामा सुनकोशी वारी पारि गर्नुपर्ने सिमा अधिकतम ५० मिटर राखिएको छ । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई डबल तर्फ ३०, २० र १० हजार तथा एकल तर्फ २०, १५ र १० हजार पुरस्कार राखिएको छ ।
मन्थली नगरपालिकाको सहयोगमा संचालन हुन लागेको उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाका माझीहरुले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समितिले स्थानीय व्यवस्थापनको जिम्मा लिएको प्रतियोगितामा माझी संस्कृति र परिकारको समेत व्यवस्था गरीएको माझी उत्थान संघले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै घिसिङले राष्ट्रिय खेलकुद परिषदले खेल सगैं माझीको परम्परागत शिपलाई अभिवृद्धि गर्ने उद्धेश्य राखेको वताए । उनले प्रतियोगिताले सुनकोशीमा यस अघी त्यहि पेश गरेर वस्ने माझी समुदायमा आफ्नो पेशा प्रति गर्वानुभुति दिलाउने विश्वास व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले पुलको विकासले लोप भइरहेको डुङगा चलाउने कार्य खेलकुदकै रुपमा भएपछि आयोजना गरेर माझी जातिको पेशाको संरक्षण र सम्बद्र्धनमा जोड दिएको वताए । उनले पेशागत सिप र दक्षतालाई नास हुनबाट जोगाउनु पर्नेमा जोड दिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस