भन्सार छलेर नेपाल भित्र्याउदै गरेकाे बिस्कुट बरामद
झापा- झापाकाे काकरभिट्टा नाकाबाट भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाख बराबरकाे बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुट लिएर अाएकाे भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
मंगलबार राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नम्बरको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिए पछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिएर चेकजाज गर्दा भन्सार छलेर नेपाल भित्रिएकाे पत्ता लागेकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।
उक्त कन्टेरनसहित चालक गोर्सीलाई आवश्यक कारबाहीका लागि प्रहरीकाे नियन्त्रणमा मेची भन्सार कार्यालय काँकरभिट्टामा जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक पाठकले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस