महिला संघ रामेछापकी संस्थापक सभापति भट्टराईलाई जिपि फाउन्डेसनकाे सम्मान
रामेछाप – गिरिजाप्रसाद कोइराला फाउण्डेसन (जीपी फाउण्डेसन) रामेछापले नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति गणेशकुमारी भट्टराईलाई सम्मान गरेकाे छ ।
उमेरका कारण अस्वस्थ भट्टराईलाई निवासमा नै पुगेर फाउन्डेसनले सम्मान गरेकाे हाे ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेसनले प्रजातान्त्रिक आन्दोलनकी योद्धा नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति गणेशकुमारी भट्टराई (कान्छी दिदी) लाई सोमबार फाउण्डेसनले सम्मान गरेको हो ।
फाउण्डेसनका जिल्ला अध्यक्ष दीपक खड्का सहित फाण्डेसनका पदाधिकारी तथा नेपाली कांग्रेसका नेताहरु मन्थली स्थिति भट्टराईको निवासमा पुगेर सम्मान पत्र प्रदान गरेका छन् । फाउण्डेसनको तर्फबाट भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाल महिला संघ र नेपाली कांग्रेसको राजनीतिमा लामाे समय देखि क्रियाशील भट्टराई उमेरको कारण हाल शारीरिक रूपमा अशक्त छिन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस