सहकारी संघको अध्यक्षमा ढुङ्गेल
रामेछाप – जिल्ला सहकारी संघ रामेछापको अध्यक्षमा हिमाल ढुङ्गेल चयन भएका छन् । बुधबार भएको संघको दाेस्राे जिल्ला अधिबेशनले ढुङ्गेललाइ सर्वसहमतिबाट अध्यक्ष चयन गरेकाे हाे ।
संघको दाेस्राे जिल्ला अधिवेशनले ढुङ्गेलको अध्यक्षमा नौं सदस्यीय समिति गठन गरेको छ । संघको उपाध्यक्षमा श्याम थापा, सचिवमा नवीन घिमिरे र कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ चयन भएका छन् । त्सैगरि सदस्यहरुमा दिलिपकुमार भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी, लक्ष्मी कार्की (बुढाथोकी) र मेनुका खड्का (महत) चयन भएका छन् ।
संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा छत्रविर श्रेष्ठ चयन भएका छन् भने सदस्यमा घना श्रेष्ठ र रवीन्द्र कुमार श्रेष्ठ चयन भएकाे निर्वाचन अधिकृत गाेविन्द प्रसाद घिमिरेले जानकारी दिएका छन् । संघकाे अधिबेशन निवर्तमान अध्यक्ष काेमल शंखर घिमिरेको अध्यक्षमा भएकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस