निजामती कर्मचारी युनियन रामेछापको अध्यक्षमा सुवेदी
रामेछाप – नेपाल निजामती कर्मचारी युनियनको रामेछापको अध्यक्ष दामोदर सुवेदी चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पूनः दामोदर सुबेदीकै अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ ।
उक्त समितिमा उपाध्यक्षमा माधव प्रसाद पाैडेल, महिला उपाध्यक्ष तर्फ सुप्रभा कार्कि र समावेशी उपाध्यक्षमा
शिबकुमार महतो चयन भएका छन् । त्यसैगरी सचिवमा शेषराज पौडेल, सह–सचिवमा उज्जल बस्नेत र कोषाध्यक्षमा र नारायण कार्की चयनभएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा क्रमशः गणेश घिमिरे, कृष्णवहादुर भुजेल, केशव प्रसाद दाहाल, ध्रुवकुमार मगर, शान्तादेवी ढकाल, गंगा थापा, बेखबहादुर खड्का र शिवचन्द्र श्रेष्ठ रहेका छन् । कार्य समितिले थप दुईजना मनोनित गर्न सक्ने अधिकार भएकाले आउने पदाधिकारी बैठकमा दुईजनालाई मनोनित गर्ने जनाइएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा यम बेलबासे, होमवहादुर थापा र घना श्रेष्ठ चयन गरेकाे छ । नेपाल निजामती कर्मचारी युनियनको आठौं भेलाले सबै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएकाे निर्वाचन समितिका संयोजक गोबिन्द कटेलले जानकारी दिए ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भुपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन रामेछापका जिल्ला अध्यक्ष दामोदर सुबेदीको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस