कांग्रेसले सुरु गर्याे घरदैलो
रामेछाप -नेपाली कांग्रेस मन्थली नगरपालिका उम्मेदवारहरुले अाजबाट घरदैलो अभियान सुरु गरेकाे छ । मन्थली १ काे भुजेल गाउँ सानिमदाैबाट घरदैलो सुरु गरेका छन् ।
मन्थली नगरपालिकामा नेपाली कांग्रेस तर्फबाट नगर प्रमुखका उम्मेदवार विनाेद कार्की र उपप्रमुखका उम्मेदवार यशाेदा श्रेष्ठ सहितकाे समूह जनताकाे घर- घर पुगेर नागरिकसँग मतदानका लागि अपिल गर्न सुरु गरेका छन् । जनताकाे समस्या बुझेर समस्या समाधानका लागि प्रतिवद्वता जायर गर्दै मतदानका लागि अनुराेध गरेका छन् ।
शनिबार सानिमदाैकाे सापँमारेका जनतासँग घरदैलोमा बाेल्दै नगर प्रमुखका उम्मेदवार विनाेद कार्कीले यहाँकाे खानेपानी र सडक सुधारकाे कामलाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्कीले यश ठाँउकाे विकासका लागि वडाका उम्मेदवार वडा अध्यक्ष रामहरि पाैडेलकाे नेतृत्वलाई मतदान गरेर विजयी गराउन समेत अाग्रह गरे ।जहाँबाट घरदैलो अभियान सुरु गरे त्यहि बाट विजय उत्सव मनाउने अवसर दिनुहाेला “कार्कीले भने ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकाे तर्फबाट मन्थली नगरपालिकाकाे प्रमुखकाे उम्मेदवार विनाेद कार्की , उपप्रमुख यशाेदा श्रेष्ठ , मन्थली १का वडा अध्यक्षका उम्मेदवार रामहरि पाैडेल, वडा सदस्यका उम्मेदवारहरु ,नेपाली कांग्रेसका नेता तथा मन्थलीका समाजसेवी ध्रुव सुवेदी लगाएत नेविसंघ , तरुण दलका प्रतिनिधिहरु समेतको उपस्थित रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाज
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस