कांग्रेसले सुरु गर्याे घरदैलो
रामेछाप -नेपाली कांग्रेस मन्थली नगरपालिका उम्मेदवारहरुले अाजबाट घरदैलो अभियान सुरु गरेकाे छ । मन्थली १ काे भुजेल गाउँ सानिमदाैबाट घरदैलो सुरु गरेका छन् ।
मन्थली नगरपालिकामा नेपाली कांग्रेस तर्फबाट नगर प्रमुखका उम्मेदवार विनाेद कार्की र उपप्रमुखका उम्मेदवार यशाेदा श्रेष्ठ सहितकाे समूह जनताकाे घर- घर पुगेर नागरिकसँग मतदानका लागि अपिल गर्न सुरु गरेका छन् । जनताकाे समस्या बुझेर समस्या समाधानका लागि प्रतिवद्वता जायर गर्दै मतदानका लागि अनुराेध गरेका छन् ।
शनिबार सानिमदाैकाे सापँमारेका जनतासँग घरदैलोमा बाेल्दै नगर प्रमुखका उम्मेदवार विनाेद कार्कीले यहाँकाे खानेपानी र सडक सुधारकाे कामलाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्कीले यश ठाँउकाे विकासका लागि वडाका उम्मेदवार वडा अध्यक्ष रामहरि पाैडेलकाे नेतृत्वलाई मतदान गरेर विजयी गराउन समेत अाग्रह गरे ।जहाँबाट घरदैलो अभियान सुरु गरे त्यहि बाट विजय उत्सव मनाउने अवसर दिनुहाेला “कार्कीले भने ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकाे तर्फबाट मन्थली नगरपालिकाकाे प्रमुखकाे उम्मेदवार विनाेद कार्की , उपप्रमुख यशाेदा श्रेष्ठ , मन्थली १का वडा अध्यक्षका उम्मेदवार रामहरि पाैडेल, वडा सदस्यका उम्मेदवारहरु ,नेपाली कांग्रेसका नेता तथा मन्थलीका समाजसेवी ध्रुव सुवेदी लगाएत नेविसंघ , तरुण दलका प्रतिनिधिहरु समेतको उपस्थित रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस