गृहिणी महिलाका लागि पशुपालन तालिम
रामेछाप – राष्ट्रपति महिला उत्थान जिबिकाेपार्जन कार्यक्रम अन्तरगत गृहीणी महिलाहरुका लागि पशुपालन सम्बन्धि आधारभूत तालिम प्रदान गरिएकाे छ। लिखताममकाेशी गाँउपालिका ५ का १५ जना महिलाहरुका लागि उक्त तालिम प्रदान गरिएकाे हाे ।
युनेस्को रामेछाप संगी शिक्षा कार्यक्रमकाे प्राबिधिक सहयाेगमा पालिकाकाे वडा नम्बर ५ का महिलाहरूलाई ५ दिन आधारभूत पशुपालन सम्बन्धि तालिम प्रदान गरेकाे युनेस्को रामेछापकि अध्यक्ष कल्पना खड्काले जानकारी दिइन् ।
घरकाे काममा व्यस्त महिलाहरू घरमै बसेर काम गर्दै आयआर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले पशुपालन सम्बन्धि तालिम प्रदान गरिएकाे छ । तालिममा सहभागी महिलाहरू तालिम पश्चात् पशुपालन सुरु गर्नबा लागि आर्थिक सहयाेग समेत उपलब्ध गराएकाे अध्यक्ष खड्काले जानकारी बताईन् ।
तालिममा पशुपालन गर्ला देखा पर्ने समस्या ,राेग तथा उपचारहरु सँग सम्बन्धित आधारभूत ज्ञानका लागि पालिकाका पशु प्राविधिक महेश नारायण श्रेष्ठ र संगिता श्रेष्ठले तालिम प्रदान गरेका थिए ।
तालिममा सहभागी महिलाहरू तालिमसँगै आर्थिक सहयाेग पाएपछि व्यवस्थित र व्यवसायीक हिसाबले पशुपालन सुरु गर्ने बताए ।
क्याटेगोरी : कृषि, समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस