काङ्ग्रेसद्वारा पहिराे पिडित किसानलाई हलगाेरु सहयोग
रामेछाप – लिखुतामाकोशी गाउँपालिका वडा नम्बर–४ बिजुलीकोटका पहिराे पिडित किसान केदार बस्नेतलाई नेपाली काँग्रेसले एकहल गोरू सहयोग स्वरप उपलब्ध गराएको छ ।
केहीदिन परेकाे वर्षाका कारण आएकाे पहिरोले हल गोरु गुमाएका किसानलाई कांग्रेसले बिहिवार गाेरु उपलब्ध गराएकाे हाे । खेती लगाउने मुख्य समय सुरु भएकै बेला पहिराेका कारण हल गोरु गुमाएका किसानलाई नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं–४ इकाई समिति र नेपाली काँग्रेस काठमाण्डौँ –लिखुतामाकोशी गाउँपालिका सम्पर्क समितिको संयुक्त पहलमा उक्त हल गोरु उपलब्ध गराएकाे हाे ।
पहिराेले घर गाेठमा क्षति पुर्यासँगै खेतिकिसानी गरेर जीविकोपार्जन गरिरहेका बस्नेतलाई खेतिगर्न सहयाेग पर्याउने उदेश्यले कांग्रेसले गाेरु सहयाेग गरेका नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं–४ का वडा सभापति दिपक पुलामीले बताए ।
नेपाली काँग्रेस लिखुतामकोशी गाउँपालिका काठमाण्डौँ सम्पर्क समितिका सभापति सुबास दाहालको पहलमा पीडित बस्नेतलाई ५० हजार बराबरको एक हल गोरू उपलब्ध गराइएको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशब महतले जानकारी दिए ।
क्याटेगोरी : कृषि, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस