काङ्ग्रेसद्वारा पहिराे पिडित किसानलाई हलगाेरु सहयोग
रामेछाप – लिखुतामाकोशी गाउँपालिका वडा नम्बर–४ बिजुलीकोटका पहिराे पिडित किसान केदार बस्नेतलाई नेपाली काँग्रेसले एकहल गोरू सहयोग स्वरप उपलब्ध गराएको छ ।
केहीदिन परेकाे वर्षाका कारण आएकाे पहिरोले हल गोरु गुमाएका किसानलाई कांग्रेसले बिहिवार गाेरु उपलब्ध गराएकाे हाे । खेती लगाउने मुख्य समय सुरु भएकै बेला पहिराेका कारण हल गोरु गुमाएका किसानलाई नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं–४ इकाई समिति र नेपाली काँग्रेस काठमाण्डौँ –लिखुतामाकोशी गाउँपालिका सम्पर्क समितिको संयुक्त पहलमा उक्त हल गोरु उपलब्ध गराएकाे हाे ।
पहिराेले घर गाेठमा क्षति पुर्यासँगै खेतिकिसानी गरेर जीविकोपार्जन गरिरहेका बस्नेतलाई खेतिगर्न सहयाेग पर्याउने उदेश्यले कांग्रेसले गाेरु सहयाेग गरेका नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं–४ का वडा सभापति दिपक पुलामीले बताए ।
नेपाली काँग्रेस लिखुतामकोशी गाउँपालिका काठमाण्डौँ सम्पर्क समितिका सभापति सुबास दाहालको पहलमा पीडित बस्नेतलाई ५० हजार बराबरको एक हल गोरू उपलब्ध गराइएको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशब महतले जानकारी दिए ।
क्याटेगोरी : कृषि, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस