मन्थली अस्पतालकाे सेवा विस्तार , थाइराड परिक्षण सेवा सुरु
मन्थली अस्पतालले आफ्नाे सेवा विस्तारका क्रममा थाइराइड परिक्षण सेवा सुरु गरेकाे छ । अस्पतालले अन्तरास्ट्रिय थाइराइड दिवसका अवसर पारेर उक्त सेवा सुरु गरेकाे हाे ।
दिवसको अवसरमा पालिका प्रमुख लव श्रेष्ठले रिवन काटेर सेवा सुरु गरेकाे हुन् । साे अवसरमा प्रमुख श्रेष्ठले मन्थली अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्नका लागि नगर हर प्रयत्न गर्न तयार भएकाे बताए । त्यस्तै उनले उक्त अस्पतालले नगर भित्रकाे नागरिकले मात्र नभएर जिल्ला भरका नागरिक स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउने बताए ।
यसैगरी उक्त सेवा सुचारु भएसँगै अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समिर क्षेत्रीले यसअघि विरामीकाे थाइराइड परिक्षणका लागि तामाकोसी अस्पतालसँग समन्वय गरेर काठमाडौं पठाउनु पर्ने बाध्यता रहेकाे बताए । यसरी आफ्नै अस्पतालबाट विरामीकाे थाइराइड परिक्षण सेवा संचालनमा ल्याउन पाउँदा खुसि लागेकाे बताए । साथै डाक्टर क्षेत्रीले साे थाइराईड परिक्षण मेसिनबाट भिटामिन डी र भिटामिन बी १२ काे पनि परिक्षण गर्न सकिने जानकारी दिएका छन् ।
यसरी थाइराड परिक्षण गर्दा सेवाग्राहीले स्वास्थ्य बिमा हुनेहरुका लागि ९ सय लाग्ने र बिमा नभएकाहरुका लागि पनि बिमा अस्पतालकाे व्यवस्थापन समितिकाे बैठकले निर्णयले तय गर्ने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब फ्युयालले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस