मन्थली अस्पतालकाे सेवा विस्तार , थाइराड परिक्षण सेवा सुरु
मन्थली अस्पतालले आफ्नाे सेवा विस्तारका क्रममा थाइराइड परिक्षण सेवा सुरु गरेकाे छ । अस्पतालले अन्तरास्ट्रिय थाइराइड दिवसका अवसर पारेर उक्त सेवा सुरु गरेकाे हाे ।
दिवसको अवसरमा पालिका प्रमुख लव श्रेष्ठले रिवन काटेर सेवा सुरु गरेकाे हुन् । साे अवसरमा प्रमुख श्रेष्ठले मन्थली अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्नका लागि नगर हर प्रयत्न गर्न तयार भएकाे बताए । त्यस्तै उनले उक्त अस्पतालले नगर भित्रकाे नागरिकले मात्र नभएर जिल्ला भरका नागरिक स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउने बताए ।
यसैगरी उक्त सेवा सुचारु भएसँगै अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समिर क्षेत्रीले यसअघि विरामीकाे थाइराइड परिक्षणका लागि तामाकोसी अस्पतालसँग समन्वय गरेर काठमाडौं पठाउनु पर्ने बाध्यता रहेकाे बताए । यसरी आफ्नै अस्पतालबाट विरामीकाे थाइराइड परिक्षण सेवा संचालनमा ल्याउन पाउँदा खुसि लागेकाे बताए । साथै डाक्टर क्षेत्रीले साे थाइराईड परिक्षण मेसिनबाट भिटामिन डी र भिटामिन बी १२ काे पनि परिक्षण गर्न सकिने जानकारी दिएका छन् ।
यसरी थाइराड परिक्षण गर्दा सेवाग्राहीले स्वास्थ्य बिमा हुनेहरुका लागि ९ सय लाग्ने र बिमा नभएकाहरुका लागि पनि बिमा अस्पतालकाे व्यवस्थापन समितिकाे बैठकले निर्णयले तय गर्ने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब फ्युयालले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस