अग्नि पिडितलाइ तरुण दलकाे हिलट्याङ्की सहयाेग
रामेछाप – रामेछापका नगरपालिका ९ टार गाउँका अग्नि पीडितलाई नेपाल तरण दल रामेछापले पानी ट्याङ्की सहयाेग गरेकाे छ । तरुण दलले बिहीबार पिडितहरुकाे घरमै पुगेर एक घर एक ट्याङ्की उपलब्ध गराएकाे हाे ।
यहि चैत्र ३ गते टार गाउँ नजिकैकाे सामुदायिक वनमा लागेकाे आगाे बस्तिमा लाग्न पुग्दा क्षतिहुन पुगेकाे १३ घरधुरीलाई ५ सय लिटरकाे हिलट्याङ्गी उपलब्ध गराएकाे तरुण दल रामेछापका उपाध्यक्ष बासु फ्युयालले जानकारी दिए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्याैपानेले अग्नि पिडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट प्राप्त सहयाेगलाई पिडितहरुकाे आवस्यकताकाे आधारमा वितरणकाे व्यवस्थापन मिलाइएको बताएका छन् । पिडितका लागि प्राप्त सहयाेगहरु नगरले एकद्वार प्रणालीबाट वितरण गर्ने नीति लिएका कारण पनि पिडितलाई कुनै पनि किसिमकाे समस्या र अभावमा पर्न नदिन हरप्रयास गरिएकाे नगर प्रमुख न्याैपानेले बताए ।
उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष समीर कार्की , तरुण दल रामेछापका अध्यक्ष तथा गाेकुलगंगा गाउपालिका अध्यक्ष काजिबहादुर खड्का , उपाध्यक्ष जीवन कार्की लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
यहि चैत १ गते दिउसाे नजिकैको सामुदायिक वनमा लागेको आगो हावाहुरीका कारण बस्तीमा पुगेपछि टार गाउमा १२ घर र २६ गाेठमा क्षेति पुगेकाे थियाे । आगाेलागिका कारण विभिन्न सामग्री पशुचाैपाय गरि प्रारम्भिक तथ्यांक अनुसार ८६ लाख बराबरको
धनराशिकाे नष्ट भएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस