सिक्किममा हिम पहिरो : ३ नेपाली सहित ७ काे मृत्यु
सिक्किममा हिमपहिरोमा परि ३ जना नेपाली नागरिक सहित ७ जनाकाे मृत्यु भएकाे छ । मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।
पहिरोमा परि ज्यान गुमाउनेहरुमा चितवन शिवप्रसाद लामिछाने ,आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन् । त्यस्तै भारतकाे उत्तर प्रदेशका दुई र पश्चिम बंगालका दुई जनाले ज्यान गएका छन् ।
त्यसैगरी पहिराेमा परि १३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ ।
भारतकाे गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार घाइते भएका १३ जनामध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ ।
घाइतेमध्ये नेपालका ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीको अस्पतालमा उपचार चलिरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस