सिक्किममा हिम पहिरो : ३ नेपाली सहित ७ काे मृत्यु

सिक्किममा हिमपहिरोमा परि ३ जना नेपाली नागरिक सहित ७ जनाकाे मृत्यु भएकाे छ । मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।
पहिरोमा परि ज्यान गुमाउनेहरुमा चितवन शिवप्रसाद लामिछाने ,आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन् । त्यस्तै भारतकाे उत्तर प्रदेशका दुई र पश्चिम बंगालका दुई जनाले ज्यान गएका छन् ।
त्यसैगरी पहिराेमा परि १३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ ।
भारतकाे गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार घाइते भएका १३ जनामध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ ।
घाइतेमध्ये नेपालका ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीको अस्पतालमा उपचार चलिरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस