नवनियुक्त मन्त्रीहरुद्वारा सपथ
काठमाडौ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।मन्त्रीहरुले राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन ।
सपथ लिनेहरुमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का ,अर्थमन्त्री प्रकाशशरण महत , उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजाल र सहरी विकास मन्त्री सीता गुरुङ रहेका छन । त्यस्तै माओवादीबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्ति बस्नेतलले सपथ लिएका छन् ।
नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का-उपप्रधान तथा रक्षा मन्त्री, डा. प्रकाश शरण महत-अर्थमन्त्री, रमेश रिजाल-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सीता गुरुङ-शहरी विकास मन्त्री बनेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
एकीकृत समाजवादीबाट बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री, प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् भने जसपाबाट अशोक राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।
त्यस्तै लोसपाबाट शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नाउपाबाट रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् भने नेसपाबाट महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।
त्यसैगरी बाँकी मन्त्रालय प्रधानमन्त्रीसँग नै रहेको छ जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र खानेपानी मन्त्रालय रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस