राष्ट्रिय युवा संघ नेपाल रामेछापमा कार्की

रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापको अध्यक्षमा मन्थलीका सुरेन्द्र कार्की सर्बसम्मत रुपमा चयन भएका छन् । संघ नेकपा एमालेको जनबर्गिय संगठन हो ।
मन्थलीमा मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो । संघको उपाध्यक्षमा ममिता सुनुवार, सचिवमा शिवसागर मगर, कोषाध्यक्षमा दिपक भण्डारी र सहसचिवमा बलराम थापामगर चयन भएका छन् । कार्की नेतृत्वको समिति ५० सदस्यिय रहेको जनाइएको छ ।
सर्वसम्मत रुपमा छनौट भएका संघका पदाधिकारी तथा सदस्यलाई मंगलबारनै संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरी केसीले सपथ गराएका छन् । कार्यक्रममा नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगाएतले नयाँ नेतृत्वले संगठनको उद्धेश्य बमोजिमको कार्य गर्नेमा आशा व्यक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस