राष्ट्रिय युवा संघ नेपाल रामेछापमा कार्की
रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापको अध्यक्षमा मन्थलीका सुरेन्द्र कार्की सर्बसम्मत रुपमा चयन भएका छन् । संघ नेकपा एमालेको जनबर्गिय संगठन हो ।
मन्थलीमा मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनले कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो । संघको उपाध्यक्षमा ममिता सुनुवार, सचिवमा शिवसागर मगर, कोषाध्यक्षमा दिपक भण्डारी र सहसचिवमा बलराम थापामगर चयन भएका छन् । कार्की नेतृत्वको समिति ५० सदस्यिय रहेको जनाइएको छ ।
सर्वसम्मत रुपमा छनौट भएका संघका पदाधिकारी तथा सदस्यलाई मंगलबारनै संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरी केसीले सपथ गराएका छन् । कार्यक्रममा नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगाएतले नयाँ नेतृत्वले संगठनको उद्धेश्य बमोजिमको कार्य गर्नेमा आशा व्यक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस