रामेछापको मतगणना सुस्त,
रामेछाप जिल्लाकाे मतगणना सुस्त भएकाे भन्दै चाैतर्फी रुपमा नागरिकले गुनासाे गरेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशभा सदस्यकाे निर्वाचनकाे मतगणना सुस्त भएकाे गुनासाे चाैतर्फी सुनिएकाे छ ।
मंसिर ४ गते मदतदान सम्पन्न भएपछि मंसिर ५ गते विहान सम्ममा जिल्ला भरीकाे मतपेटिका संकलनकाे काम भएकाे थियाे । मतपेटिका विहान सम्ममा संकलन भएकाे भएपनि दिउसाे ४:३० बजेपछि ढिलाे गरि सर्वदलीय बैठक बसेकाे थियाे । सर्वदलीय बैठकमा साेही राति ९:३० बजेबाट प्रदेश क तर्फकाे मतगणना सुरु गर्ने सहमति भएकाे भएपनि मतगणना रातिकाे ११ बजेमात्र सुरु भयाे ।
यसरी ढिलाे गरि सुरुभएकाे मतगणनाकाे परिणाम पनि नागरिकले साेचेकाे भन्दा ढिलाे आएकाे भन्दै मतगणना सुस्त भएकाे आराेप लगाएका हुन । अहिले भएकाे मतगणनालाई हेरेर भन्ने हाे भने जिल्ला भरीकाे मतगणना सक्न २ हप्ता भन्दा बढी लाग्ने देखिन्छ ।
प्रतिनिधि सभा, प्रदेश सभाकाे प्रत्यक्ष र समानुपातिक तर्फकाे मत एक- एक स्थान गरि जम्मा ४ स्थानमा एकैपटक गणना गरिएकाे हुदा मत परिणाम ढिलाे आएकाे
मुख्य निर्वाचन कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
मंसिर ५ गते सोमबार बेलुका देखि सुरु भएकाे मतगणनामा
उमाकुण्ड गाउँपालिकाको मतगणना बुधबार विहान मात्र सम्पन्न भएको छ । उक्त पालिकामा जम्मा ७ हजार ५ सय ६७ मत खसेको थियो ।
पालिकाकाे मतगणना सकिदा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले ३ हजार ७ सय ६४ मत प्राप्त गरेका छन् भने एमालेका कैलाश प्रसाद ढुंगेलले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । तामाङ ढुंगेल भन्दा १ हजार २ सय १५ मतले अगाडि छन् । उमाकुण्डमा ७ हजार ५ सय ६७ मत खसेको थियो । उक्त मतमा ५ सय २७ मत बदर भएको छ ।
क्याटेगोरी : विचार, समाचार, समाज
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस