जनताको विस्वास जितेर काम गर्न जनप्रतिनिधिलाई सिंहकाे अाग्रह

काठमाडौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न अाग्रह गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ अनतर्गतका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजना गरिएकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको विस्वास जितेर इमान्दारीपूर्वक खाफ्नाे जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका छन् । जनताले विश्वास गरेका मतदान गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’
काठमाडौं महानगरपालिकामा ३२ वडा मध्ये १९ वटा वडामा कांग्रेसले जित हासिल गरेकाे छ । निर्वाचित जनप्रतिनिधिले काम गर्दा पार्टीका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन पनि सिंहले सुझाव पनि दिएका छन्
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस