निश्चित समुदायका विद्यार्थीलाई विद्युतीय चुलाे वितरण गर्ने

काठमाडौंमा – निश्चित समुदायका विद्यार्थीहरुका लागि वैकल्पिक उर्जा प्रवद्धन केन्द्रले विद्युतीय चुलाे नि:शुल्क वितरण गर्ने भएकाे छ ।
विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौमा कोठा भाडामा लिएर बसिरहेका निश्चित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गर्न लागिएकाे उर्जा प्रवद्धन केन्द्रले जनाएकाे छ । आदिबासी,जनजाति दलित र लोपोन्मुख समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो ( इन्डक्सन) वितरणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन माग गरेको छ ।
केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्ने बताएकाे छ । उक्त सुविधा लिन विद्यार्थीले आवेदनका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ । आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ केन्द्रले सुचना मार्फत जानकारी दिएकाे छ ।
यस अघि केन्द्रले निवेदन अाह्वान गरेका बेला निवेदन दिएकाहरुले पुन : निवेदन दिन नपाउने जानकारी दिएकाे छ । यश अघि पनि करिब १० हजार आवेदन परेकाे थियाे तर त्याे बेला निवेदन दिएका विद्यार्थीलाई केन्द्रले हालसम्म चुलो बाँडेको छैन । बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस