निश्चित समुदायका विद्यार्थीलाई विद्युतीय चुलाे वितरण गर्ने
काठमाडौंमा – निश्चित समुदायका विद्यार्थीहरुका लागि वैकल्पिक उर्जा प्रवद्धन केन्द्रले विद्युतीय चुलाे नि:शुल्क वितरण गर्ने भएकाे छ ।
विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौमा कोठा भाडामा लिएर बसिरहेका निश्चित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गर्न लागिएकाे उर्जा प्रवद्धन केन्द्रले जनाएकाे छ । आदिबासी,जनजाति दलित र लोपोन्मुख समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो ( इन्डक्सन) वितरणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन माग गरेको छ ।
केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्ने बताएकाे छ । उक्त सुविधा लिन विद्यार्थीले आवेदनका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ । आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ केन्द्रले सुचना मार्फत जानकारी दिएकाे छ ।
यस अघि केन्द्रले निवेदन अाह्वान गरेका बेला निवेदन दिएकाहरुले पुन : निवेदन दिन नपाउने जानकारी दिएकाे छ । यश अघि पनि करिब १० हजार आवेदन परेकाे थियाे तर त्याे बेला निवेदन दिएका विद्यार्थीलाई केन्द्रले हालसम्म चुलो बाँडेको छैन । बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस