नेपाल प्रहरीका पाच डिअाइजी एअाइजिमा बढुवा
नेपाल प्रहरीका पाच जना डिअाइजीहरु एअाइजिमा बढुवा भएका छन् । साेमबार बसेकाे मन्त्री परिसदकाे बैठकबाट डिअाइजिलाइ एअाइजिमा बढुवा गर्ने निर्णय भएकाे हाे ।
मन्त्री परिसदकाे निर्णय अनुसार एअाइजीमा बढुवा हुनेहरुमा डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।
डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुन् । यस्तै बिसी १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा छन् । डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंहले वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रमेश दुलाल (कागे)ले गरे २३ ओैं काग सम्मेलन
- २ सरकारसँग ६ बुँदे सहमतिपछि डा. केसीको सत्याग्रह अन्त्य
- ३ सभापति थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न महामन्त्री राणाको माग
- ४ प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह
- ५ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- ६ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ७ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ८ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग













प्रतिक्रिया दिनुहोस