रामेछापमा स्थानीय तह निर्वाचन
राकाथुम स्थगित अरुमा निर्वाचन सम्पन्न
रामेछाप – रामेछापको खाँडादेवि गाउपालिका १ राकाथुम मतदान केन्द्रको मतदान स्थगित भएको छ । विहान मतदान सुरु हुना साथ नेपाली का“ग्रेस र माओवादी केन्दका कार्यकर्ता विच भएको झडपका कारण मतदान कार्य स्थगित भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड हवाई फायर गरेको थियो ।
स्थगीत भएको मतदान कार्य भने दिनभरको प्रयास गर्दा पनि सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडिले वताएका छन् । पहाडीका अनुसार रोकिएको मतदान गर्ने विषयमा केहि दिनमै निर्णय हुनेछ ।
यसैविच मतदानको क्रममा सामान्य झडप पछि हवाई फायर समेत भएको मन्थली नगरपालिका १२ सिक्राल मतदान केन्द्रको मतदान कार्य ढिलो गरी सुरु भएको छ । अपरान्ह मात्र मतदान सुरु भएकाले उक्त मतदान केन्द्रमा राति अवेर सम्म मतदान गराउने गरी तयारी थालिएको छ । पहाडिले उक्त केन्द्रका लागि जेनेरेटर लगाएतको प्रवन्ध गरी मतदान गराउने वताएका छन् ।
पहाडिका अनुसार मतदानमा सामान्य झै झगडा भएका दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुर, सुनापति गाउँपालिकाको दिमीपोखरी र गुन्सी, मन्थली नगरपालिकाको पुरानागाउँ, खा“डादेविको पकरवास मतदान केन्द्रमा केहि समय मतदान स्थगित गरी पुन मतदान गराइएको थियो । बर्षाको कारण केहि समय मतदान स्थगित भएको विजुलीकोटको कोटगाउ मतदान केन्द्रमा बर्षा रोकिएपछि मतदान थालिएको थियो ।
जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण मतदान कार्य भएको छ । समग्रमा रामेछापमा ६० देखि ६५ प्रतिशत सम्म मतदान भएको मूख्य निर्वाचन कार्यालयको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । निर्वाचन सम्पन्न भएका मतदान केन्द्रबाट मतपेटिका ढुवानी गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय सम्म लैजानका लागि सवै केन्द्रमा सुरक्षाकर्मी र ढुवानीका साधन पु¥याएकोले राति १० बजे सम्म मतदान केन्द्रबाट मतपेटिका संकलन भइसक्ने अनुमान उक्त कार्यालयको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस