रस्नालुका वडा अध्यक्षका उम्मेदवार कार्की माथि एमाले कार्यकर्ताकाे अाक्रमण

रामेछाप -रामेछाप जिल्लाकाे गोकुलगंगा गाउँपालिका ३ रस्नालुका वडा अध्यक्षका उम्मेदवार यम बहादुर कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारकाे लागि ट्रमा सेन्टर काठमाडौं लगिएकाे छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट गाेकुलगंगा ३ रस्नालुकाे वडा अध्यक्षकाे उम्मेदवार बनेका कार्की माथि एमाले कार्यक्रताले अाक्रमण गर्दा उनी सहित अन्य ३ जना माओवादी केन्द्रका कार्यकर्ता घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । घाइते मध्ये वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेका बताइएको छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ ।अाक्रमणमा परि घाइते हुनेहरु रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् ।
गए राती १ बजे घर नजिकै बसीरहेका कार्की सहितका माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेकाे घाइते राेसन कार्कीले जानकारी दिएका छन् । घटनाकाे जानकारी पाए लगतै निर्वाचनमा खटिएका प्रहरी छाेली पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घाइते उम्मेदवार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाइएको थिङले बताए ।
निर्वाचनमा हारिने देखेपछि एमाले कार्यकर्ता माओवादी र कांग्रेस कार्यकर्तामाथि आक्रणमा उत्रिन थालेकाे गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार लामाको आरोप छ । एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकल समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएकाे छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- २ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ३ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ४ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
- ५ राज्यकाे काममा जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक :- राष्ट्रपति
- ६ शिक्षक आन्दोलनका कारण स्थगित कक्षा १२ काे परीक्षा आजबाट सुरु हुँदै
- ७ लुम्बिनी प्रदेशका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम
- ८ शैक्षिक आन्दोलन र शिक्षक
प्रतिक्रिया दिनुहोस