रस्नालुका वडा अध्यक्षका उम्मेदवार कार्की माथि एमाले कार्यकर्ताकाे अाक्रमण
रामेछाप -रामेछाप जिल्लाकाे गोकुलगंगा गाउँपालिका ३ रस्नालुका वडा अध्यक्षका उम्मेदवार यम बहादुर कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारकाे लागि ट्रमा सेन्टर काठमाडौं लगिएकाे छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट गाेकुलगंगा ३ रस्नालुकाे वडा अध्यक्षकाे उम्मेदवार बनेका कार्की माथि एमाले कार्यक्रताले अाक्रमण गर्दा उनी सहित अन्य ३ जना माओवादी केन्द्रका कार्यकर्ता घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । घाइते मध्ये वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेका बताइएको छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ ।अाक्रमणमा परि घाइते हुनेहरु रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् ।
गए राती १ बजे घर नजिकै बसीरहेका कार्की सहितका माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेकाे घाइते राेसन कार्कीले जानकारी दिएका छन् । घटनाकाे जानकारी पाए लगतै निर्वाचनमा खटिएका प्रहरी छाेली पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घाइते उम्मेदवार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाइएको थिङले बताए ।
निर्वाचनमा हारिने देखेपछि एमाले कार्यकर्ता माओवादी र कांग्रेस कार्यकर्तामाथि आक्रणमा उत्रिन थालेकाे गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार लामाको आरोप छ । एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकल समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएकाे छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस