कांग्रेस उम्मेदवारकाे माेटरसाइकल माथि अाधा रातमा अाक्रणम

रामेछाप – मन्थली नगरपालिका ४ सालुमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारकाे माेटरसाइक माथि अराजक समुहले अाधारातमा अाक्रमण गरेका छन् । वडा अध्यक्षका उम्मेदवार राजन घिमिरेकाे अाफ्नै घरमा पार्किङमा राखिरहेकाे बेला माेटरसाइकल माथि अाक्रमण भएकाे घिमिरेले बताए ।
स्थानीय तहकाे निर्वाचन नजिकिएसँगै हारकाे मानसिकताका कारण विपक्षी दलका अराजक समुहले उम्मेदवारलाई अाक्रमण गर्ने मनसायले उम्मेदवारकाे घरमा पार्किङमा राखिएकाे बाईक माथि गएकाे राति २ बजेकाे समयका माेटरसाइकल माथि अाक्रमण गरेकाे हुनसक्ने नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार घिमिरेले बताए । यसरी पार्किङमा राखेकाे माेटरसाइकल माथि अाक्रमणकारीले ढुङ्गा प्रहार गर्दा माेटरसाईकलमा सामान्य क्षेति पुगेकाे छ । चुनाव नजिकिदै जादा पराजय बेहार्नु पर्ने हाेकी भन्ने मानसिकताले विपक्षी दलका अराजक समुहले उपद्राे सुरु गरेकाे सालुका कांग्रेस कार्यकर्ताले अनुमान गरेका छन् ।
यश अघि २०७४ सालकाे निर्वाचनमा नेकमा माअाेवादीले विजय हासिल गरेकाे सालुमा यस पटक भने कांग्रेसले जित्ने संकेत देखिएकाे र विपक्षी दलका उम्मेदवार अात्तिएकाले कांग्रेस उम्मेदवारलाई कमजाेर बनाउन अाक्रमण सुरु गरेकाे हुनसक्ने नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि नारायण घिमिरेले बताएबा छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस