मेराे प्राथमिकता अार्थिक रुपमा अात्मा निर्भर महिला : उपाध्यक्षका उम्मेदवार माेक्तान

रामेछाप – सुनापति गाउँपालिकाकाे उपाध्यक्षकाे उम्मेदवार शान्ति माेक्तानले पालिकाका महिलालाई अार्थिक रुपमा अात्मनिर्भर बनाउने याेजनालाई प्राथमिकता दिने बताएकी छिन् ।
नेपाली कांग्रेसकाे तर्फबाट सुनापति गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उम्मेदवार माेक्तानले पालिकाका महिलाहरूलाई सीप मूलक तालिम प्रदान गरेर स्वराेजगार बनाउनका साथै अार्थिक रुपमा अात्म निर्भर बनाउने याेजनालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । यसैगरि उनले पालिकालाई भ्रष्टाचार मुक्त बनाउन र समृद्ध पालिका बनाउन लागि अाफुले अहम् भुमिका खेल्ने बताइन । त्यसैगरि घरेलु उत्पान तथा माैलिक भाषा ,संस्कृतिकाे संरक्षण गर्दै पर्यटनलाई जाेड दिने माेक्तानले बताएकी छिन । पालिकाका महिलाहरू सबैलाई समान व्यवहार गर्दै सबैकाे न्यायमा समान पहुँचकाे व्यवस्था मिलाउने पालिकाकी उपाध्यक्ष माेक्तानले प्रतिज्ञा गरेकी छिन ।
माेक्तान नेपाली कांग्रेसकाे राजनितीमा लामाे समय देखि सक्रिय रहेकी उनी हाल नेपाली कांग्रेसकाे प्रदेश महाधिवेशन प्रतिनिधि समेत हुन । उनी समाजिक संघ संसथाहरु मार्फत सामाजिक सेवामा क्रियाशील व्यक्ति भएकाले अाफु स्थानिय तहमा निर्वाचित भएर पुन : समाज सेवा गर्ने माैका मिल्नेमा विस्वस्त रहेकाे बताउछिन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस