निर्वाचनलाइ प्रभाव पार्ने गरी कर्मचारीकाे खटनपटन
रामेछाप -स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने मनसायले मूख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले कर्मचारीको खटनपटन गरेको पाइएको छ ।
निर्वाचनलाई निष्पक्ष , धाधलिरहित र स्वच्छ वनाउनु पर्नेमा स्थानीय तहका कर्मचारीलाई सोहि स्थानीय तहमा खटाएर मूख्य निर्वाचन कार्यालयले त्यस्तो संन्देश दिएको हो । चुनावमा खटाएका कतिपय कर्मचारी दैनिक ज्यालादारीमा कार्यरत, सुरक्षाका लागि राखेका गार्ड र राजनीतिक पृष्ठभूमिका पालिकाका पदाधिकारीका सल्लाहकार समेत रहेका छन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावका लागि खटाएका कतिपय कर्मचारी माथि सर्बत्र गुनासो आएपछि केहि नामावली संशोधन गरेको छ । तर अझै पनि धाँधली गर्ने मनसाय बोकेका केहि कर्मचारीले राजनीतिक प्रेसरमा आफ्नै मतदान केन्द्रमा जाने गरी नामावली तयार गर्न लगाएका छन् । आफ्नो मतदान गर्ने केन्द्रमा मतदानका लागि खटिनुले निर्वाचन स्वच्छ नहुने राजनीतिक दलका अगुवाहरु वताउछन ।
निर्वाचनमा .कर्मचारीहरु खटाउदा विधि र पद्धतिलाई समेत मिचिएको छ । मतदान अधिकृतको रुपमा नासु स्तरका केहि कर्मचारी खटाइएको छ । नासु स्तरका सवै कर्मचारी पहुँचवाला रहेका छन् । उनीहरुलाई मतदान अधिकृत मात्र हैन, रोजेको मतदान केन्द्र समेत दिइएको छ ।
तर अधिकृत स्तरका केहि कर्मचारीहरु सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ । कर्मचारी खटाउनेमा राजनीतिक चलखेल भएको वुझेपछि जिल्लाका शिक्षकहरुका संघ संगठनले आपत्ति जनाउदै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र समेत वुझाएका छन् ।
यसैविच कर्मचारी र शिक्षकहरुका संघ संगठनका पदाधिकारीलाई समेत निर्वाचनका लागि खटाइएको पाइएको छ । निर्वाचनका लागि प्रत्यक्ष रुपमा ट्रेड युनियनमा काम गरेर पहिचान वनाएकालाई नखटाउने विधिलाई नाघेर मनलाग्दी रुपमा मतदानका लागि राजनीतिको अग्रभागमा रहेर प्रचार प्रसार गर्दै हिड्ने कर्मचारीलाई समेत हालेकोले निर्वाचन धाँधलिरहीत हुनेमा आशंका उव्जाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस