सरकारी सुविधा लिन्न ,विपन्न र प्रसुति सेवाका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिन्छु : गिरी

रामेछाप -मन्थली नगरपालिका १३ फुलासीका वडा अध्यक्षका उम्मेदवार हरिराम गिरिले वडा अध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने घाेषणा गरेकाे छन्। अाफ्नाे घरव्यवहार चलाउन र कमाउनका लागि नभइ विशुद्ध नागरिकको सेवाका लागि उम्मेदवारी दिएकाे बताउनदै गिरीले कुनैपनि सरकारी सुविधा नलिने बताएका हुन्
सरकारी सेवाबाट निवृत्त भएका गिरीले सामाजिक सेवा कै लागि अाफ्नाे उम्मेदवारी रहेकाे हुदा वडा अध्यक्ष भएपछि प्राप्त हुने सरकारी सुविधा पनि सामाजमा रहेका विपन्नहरुकाे पहपचान गरि तीनै व्यक्तिको स्वास्थ र शिक्षामा लगानि गर्ने बताएका छन् । गिरीले प्रसुति तथा विपन्नहरुकम लागि एम्बुलेन्स सेवा नि: शुल्क गर्ने, अन्यलाई ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराउनुका साथै वडा मानै सबे खाले राेगकाे परिक्षण तथा उपचारका लागि व्यवस्था मिलाउनुका साथै वडामा नै ५ वेड सहितकाे अस्पताल निर्माण गर्ने बताएका छन् ।
त्यसैगरि गिरीले किसानहरुकाे कृषिमा देखा पर्ने सबै खाले समस्या समाधानका लागि वडामा अनिवार्य रुपमा कृषि प्राविधिककाे व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । समृद्ध वडा सुखि वडाबासी भन्ने मूल नारालाई सार्थकता दिनका लागि सबै क्षेत्रमा अावस्यक कार्यक्रमहरु गरि वडा अध्यक्षका उम्मेदवार गिरीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
गिरी नेपाली कांग्रेसमा लामाे समयदेखि क्रियाशील रहेका सक्रिय नेता हुन । उनी नेपाल सरकारकाे प्रहरी सहायक निरिक्षक सेवाबाट निवृत्त पुर्व प्रहरी हुन । गिरी सरकारी सेवाबाट निवृत्त भएदेखि नै विभिन्न किसिमकाे सामाजिक काममा क्रियाशील व्यक्ती हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस