कार्कीको प्राथमिकता
स्थानीय स्तरमै उद्योग र रोजगारी

रामेछाप । नेपाली काँग्रेसबाट रामेछापको मन्थली नगरपालिकाको प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्कीले स्थानीय उद्योग र रोजगारीलाई प्राथमिकता दिने वताउनुभएको छ ।
भोट माग्न घर दैलोमा पुग्ने क्रममा कार्कीले युवाहरुलाई विदेश जानबाट रोकेर स्थानीय स्तरमानै रोजगारी श्रृजना खालका उद्योग स्थापना गर्ने वचन दिनु भएको हो । ‘मलाई भोट दिनुस म तपाईहरुलाई हातमा पासपोर्टको साटो व्यवसायी वनाउेछु’ कार्कीले भन्नुभयो ।
बुधबार मन्थलीको कठजोरमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा कार्कीले स्थानीय स्तरमा युवाहरुलाई सहकारी मार्फत आयआर्जन र लागत साझेदारीको व्यवसायमा सम्लग्न गराउने वताउनुभयो । उहाँले वितरण गरेको प्रतिज्ञा पत्रमा समेत स्थानीय सिप र प्रविधिको उपयोग गरी उद्यमसिलताको विकास गर्ने उल्लेख छ ।
यसैविच चुनावी कार्यँक्रम लिएर गाउँ पुगेको कार्की लगाएतका काँग्रेस कार्यकर्ताहरुले मतदाताबाट अपार माया र भरोसा पाएका छन् । ‘मतदाताहरुले यसपालि काँग्रेसलाई भोट र कम्युनिष्टलाई कुरा दिने भएका छन् ’ मन्थली ३ का वडा अध्यक्षका उम्मेदवार नारायणवहादुर बोगटीले भन्नुभयो । उहाँले काँग्रेस प्रति नागरीकको असाध्यै ठुलो विश्वास र भरोसा बढेर गएको वताउनुभयो ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस