कार्कीको प्राथमिकता
स्थानीय स्तरमै उद्योग र रोजगारी
रामेछाप । नेपाली काँग्रेसबाट रामेछापको मन्थली नगरपालिकाको प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्कीले स्थानीय उद्योग र रोजगारीलाई प्राथमिकता दिने वताउनुभएको छ ।
भोट माग्न घर दैलोमा पुग्ने क्रममा कार्कीले युवाहरुलाई विदेश जानबाट रोकेर स्थानीय स्तरमानै रोजगारी श्रृजना खालका उद्योग स्थापना गर्ने वचन दिनु भएको हो । ‘मलाई भोट दिनुस म तपाईहरुलाई हातमा पासपोर्टको साटो व्यवसायी वनाउेछु’ कार्कीले भन्नुभयो ।
बुधबार मन्थलीको कठजोरमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा कार्कीले स्थानीय स्तरमा युवाहरुलाई सहकारी मार्फत आयआर्जन र लागत साझेदारीको व्यवसायमा सम्लग्न गराउने वताउनुभयो । उहाँले वितरण गरेको प्रतिज्ञा पत्रमा समेत स्थानीय सिप र प्रविधिको उपयोग गरी उद्यमसिलताको विकास गर्ने उल्लेख छ ।
यसैविच चुनावी कार्यँक्रम लिएर गाउँ पुगेको कार्की लगाएतका काँग्रेस कार्यकर्ताहरुले मतदाताबाट अपार माया र भरोसा पाएका छन् । ‘मतदाताहरुले यसपालि काँग्रेसलाई भोट र कम्युनिष्टलाई कुरा दिने भएका छन् ’ मन्थली ३ का वडा अध्यक्षका उम्मेदवार नारायणवहादुर बोगटीले भन्नुभयो । उहाँले काँग्रेस प्रति नागरीकको असाध्यै ठुलो विश्वास र भरोसा बढेर गएको वताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस