घुम्तीसेवा मार्फत घर घरमा सेवा पुर्याउछु :वडा अध्यक्षका उम्मेदवार खड्का

रामेछाप – नेपाली कांग्रेस मन्थली नगरपालिका १४ फुलासीका वडा अध्यक्ष अभिराज खड्काले अध्यक्षमा निर्वाचित भए वडाका सबैखाले सेवा घुम्तिसेवा मार्फत नागरिकको घरमा पुगेर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडालाइ सम्बृद्व बनाउने १० बुदे प्रतिबद्धता सहित खड्काले अाफु वडा अध्यक्षमा निर्वाचित भएमा वृद्धहरुकाे सुविधाका लागि वृद्ध भत्ता घुम्तिसेवा मार्फत घरघर पुगेर सेवा प्रदान गर्ने बताएका छन्। साेमबार विस्लीमा भएकाे चुनावी सभामा बाेल्दै खड्काले नागरिककाे सेवालाई सहज , सरल र प्रभाकारी बनाउनका लागि २४ सै घण्टा नागरिककाे सेवामा
खटिने बताएका छन् । सुन्दर र सम्वृद्व वडा निर्माणका लागि १० बुदे प्रतिबद्धता व्यक्त गर्दै वडाकाे विकास र नागरिकको सेवामा अाफु अहाेरात्र खट्ने खड्काले प्रतिबद्धता व्यक्त गरेका छन् ।
खड्का नेपाली कांग्रेसक रामेछाप क्षेत्र २ काे पुर्व क्षेत्रीय सदस्य हुन् । नेपाली कांग्रेसकाे राजनिति मार्फत समाजसेवामा सक्रिय खड्का बैशाख ३० मा हुने स्थानिय तहकाे निर्वाचनमा मन्थली वडा नम्बर १४ काे वडा अध्यक्षकाे उम्मेदवार हुन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस