मन्थली नगरपालिकामा काँग्रेसको जित निश्चित छ : कार्की
रामेछाप । नेपाली काँग्रेसबाट मन्थली नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार विनोदकुमार कार्की भोट माग्न जनताको घर दैलो गर्न थालेका छन् । जनताको घर दैलो धाउन थालेको केहि दिनमानै उनले मतदाताको उल्लेख्य माया बटुल्नुभएको छ ।
सरल स्वभावका धनि कार्की घर दैलोमा पुगेर वृद्धवृद्धा संग आशिर्वाद सहित भोट मागिरहनु भएको छ । ‘यो पटक हाम्रो जित निश्चित छ’ सोमबार भोट माग्दै फुलासी पुगेका काँग्रेस रामेछापका सचिव समेत रहेका कार्कीले भन्नुभयोे – जनताको अपार माया म र मेरो टिमका साथिहरु माथि छ ,काँग्रेस प्रति छ ।
कार्की सहित काँग्रेसका नेताहरु भोट माग्दै जनताको घर दैलो कार्यक्रममा पुग्दा मतदातामा एक प्रकारको उत्साह देखिएको छ । ‘तपाईले जित्नुपर्छ र मन्थली नगरका समस्या समाधान गर्नुपर्छ भन्ने मतदाताको माग छ ’ कार्कीले भन्नुभयो । पाँच बर्ष अघी कम्युनिष्टहरुले गरेका बाचा पुरा नभएको भन्दै काँग्रेसलाई छान्ने बचन मतदाताहरुले दिने गरेका छन् । ‘मलाई विश्वास छ, मन्थली नगरपालिकाका आम मतदाताले आफ्नो विवेक यो पटक प्रयोग गर्नुहुनेछ र नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनु हुनेछ ’ कार्कीले विश्वास व्यक्त व्यक्त गर्नुभयो ।
कार्कीले निर्वाचनका घर दैलोमा जाँदा पुरा गर्नै नसक्ने खालका एजेण्डा लानु भएको छैन् । उहाँको एउटा सपना छ – ‘समुन्नत मन्थली र समुन्नत मन्थलीबासी’ बनाउने । त्यहि सपना पुरा गर्नका लागि योजनाको खाका सहित घर दैलामो पुग्न थाल्नु भएका उहाँ मतदाताको मन मनमा बस्न थाल्नु भएको छ ।
किसानहरु बारीमा काम गरीरहेका बेला उनि बारीमै पुग्ने अनि चिया पसल, चौतारो र सडकमा भेटेका संग उनि वैशाख ३० गतेको निर्वाचनमा रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै सेवा गर्ने मौका दिन भन्दै आशिर्वाद मागीरहनुभएको छ ।
अघील्लो निर्वाचनमा नगर प्रमुख पदमा पराजय भोग्नुभएका कार्की हार स्वीकार गरेर कतै भाग्नुभएन । बरु वितेका ५ बर्ष नागरीककै घर दैलोमा निरन्तर गइरहनुभयो । कार्की नगरमा वसोवास गर्ने जनताको सुखदुखका कुरामा अरु दलका उम्मेदवार भन्दा धेरै जानकार हुनुहुन्छ । नगरका कुन स्थानमा कस्तो खालको विकास र सेवा आवश्यक रहेको कुरामा पूर्ण जानकार कार्कीको निर्वाचित हुनासाथ मन्थली नगरको मुहार फेर्ने सपना छ । त्यसैले पनि कार्कीले मतदाताको घरमा पुग्दैगर्दा म यो गर्छु र उ गर्छु भनेर मोटो सपना बाड्नु भएको छैन् । निर्वाचन आचारसंहिता समेतलाई ध्यान दिएर वनाइएको १ पाने कागजमा उहाँले लेख्नु भएको छ – प्रतिज्ञा पत्र । जुन कुरा लेखिएको छ, त्यो पुरा गर्ने अठोंट पनि उहाँले सग सगैं गर्नुभएको छ । अरु उम्मेदवारले आफ्नो घोषणा पत्रमा प्रतिवद्धता लेखेका छन् । कार्की प्रतिवद्धता भन्न रुचाउनुहुन्न । प्रतिवद्धतामा पुरा हुन नसक्ने योजना पनि समेटिएका हुन्छन् । ‘मैले प्रतिज्ञा पत्र बाडेको छु, जसमा पुरा नहुने कुनै सपना छैनन् ’ कार्की वताउनुहुन्छ ।
काँग्रेसका तर्फबाट मन्थली नगरको उप प्रमुखमा यशोदा श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । मन्थली नगरपालिकाको योजना निर्माण, बजेट तर्जुमा लगाएतका अनुभव श्रेष्ठ संग रहेको छ । ५ बर्ष सम्म नगर कार्यपालिकाको सदस्य भएर काम गरेको अनुभव भएकी सरल स्वभावकी धनि श्रेष्ठ नगर लाई भ्रष्टाचारमुक्त र शुसासनको अनुभुति दिलाउन नेपाली काँग्रेसका उम्मेदवारलाई मतदाताले निर्वाचित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
अरुलाई धेरै आलोचना गर्न नरुचाउने श्रेष्ठ भन्नुहुन्छ – कसैको आलोचना नगर्दा पनि हाम्रो नगरका धेरै काम गर्न सकिन्छ । ‘हामी कुरा गर्दैनौ काम गरेर देखाउछौं त्यसैले नेपाली काँग्रेस रोजौ भनेर मतदाताको दैलोमा पुगेका छौं ’ उहाँले भन्नुभयो । काँग्रेसले नगरका १४ वटा वडामा सबैभन्दा योग्य र केहि गरौं भन्ने जोश भएका उम्मेदवारलाई चुनावमा उतारेकोले पनि यो पटक जीतलाई आफ्नो पोल्टामा पार्ने मतदाताहरुले घर दैलोमा पुगेका उम्मेदवारहरुलाई विश्वस्त पार्न थालेका छन् ।
१४ वटा वडामा विभाजन भएको मन्थली नगरमा ३७ हजार २ सय २० जना मतदाता रहेका छन् । काँग्रेसले प्रमुख उप प्रमुख सहित अधिकांश वडामा आफ्नो विजय निश्चित रहेको जनाएको छ । मन्थलीमा नगर प्रुमखका लागि स्वतन्त्र ३ सहित ९ जना र उप प्रमुखमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ डब्लुडब्लुजेकाे अध्यक्षमा खड्का
- २ दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन
- ३ पहिराे अपडेट : १८ महिने बालक सहित ६ जनाकाे शव फेला १ जना घाइते बाकीकाे खाेजतलास हुँदै
- ४ दाेरम्बा शैलुङ्मकाे लेखर्कमा गएकाे पहिराेमा परि २ काे मृत्यु ८ बेपत्ता
- ५ फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
- ६ मैले नगरे कस्ले गर्छ रामेछापकाे विकास : आर्थमन्त्री काफ्ले
- ७ बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
- ८ मन्थलीमा चाेरीकाे घटना बढेसँगै प्रहरीकाे निगरानी पनि बढ्याे
प्रतिक्रिया दिनुहोस