रामेछाप नगरपालिकाकाे उपप्रमुखमा कांग्रेसकाे बागी उम्मेदवार

रामेछाप – रामेछाप नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी दर्ता भएकाे छ । नेपाली कांग्रेसले अाफुलाइ दिएकाे उपप्रमुखकाे टिकट मनाेनयन दर्ता गर्नेबेला अर्काेलाई दिएपछि नेपाली कांग्रेसकि नेता सुशीला लामाले बागी उमेद्वारी दर्ता गरेकी छिन ।
नेपाली काँग्रेस रामेछापले आईतबार नगर प्रमुखमा लवश्री न्यौपाने र उपप्रमुखमा सुशिला लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार लामालाई सोमबार उम्मेद्वारी दर्ता गर्न रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा अाएकी थिइन । मनाेनयन दर्ता गर्ने बेलामा नेपाली कांग्रेसकाे जिल्ला उपसभापति लेख बहादुर कार्कीकाे श्रीमती बाला कार्कीलाई टिकट दिएपछि उनले अाफुले कांग्रेसकाे तर्फबाट बागी उम्मेद्वारी दर्ता गराएकी बताइन् ।
लामाले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा रामेछापमा अाएर रामेछाप नगरपालिकाकाे उपप्रमुख पदमा अाफ्नाे उम्मेदवारी दर्ता गराएकी हुन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस