एमालेले उम्मेदवार तोक्यो , गठवन्धन अनिर्णीत
रामेछाप । सत्तारुढ गठवन्धन आ आफ्नै अडानमा अड्केको बेला नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेबाट मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा ईश्वरी वस्नेत, रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रीन र उप प्रमुखमा सिता खत्री, लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा कमलप्रसाद कडरीया र उपाध्यक्षमा दिपा पाख्रिन , गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्गवहादुर सुनुवार र उपाध्यक्षमा राधिका नेवार , उमाकुण्ड गाउँपालिकाको उपाध्यक्षमा शेरवहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार वनाएको छ ।
जिल्ला अध्यक्ष आनन्द श्रेष्ठका अनुसार खाँडादेवि गाउँपालिकामा अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ, सुनापति गाउँपालिकामा अध्यक्षमा ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतमलाई उम्मेदवार वनाइएको छ । दोरम्बा गाउँपाकिलाको अध्यक्ष पदमा भने अझै टुंगो नलागेको एमाले श्रोतले उल्लेख गरेको छ । यस अघी अध्यक्षको उम्मेदवारका लागि अघी सारीएका टंकप्रसाद चौलागाईको बदलामा अन्य उम्मेदवार वनाउने विषयमा एमालेमा छलफल चलिएको छ ।
एमालेले वनाएका उम्मेदवारहरुमा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष यस अघीका निर्वाचीत हुन । यसैगरी उमाकुण्ड गाउ“पालिकाका अध्यक्ष सुनुवार पनि यस अघी निर्वाचित भएका थिए । रामेछाप नगरपालिकामा यस अघीको निर्वाचनमा पराजीत रोशन पाख्रीनलाई पुन उम्मेदवार वनाइएको छ । अन्य पालिकामा भने सवै नयाँ अनुहार रहेका छन् ।
यसैविच जिल्लाका अधिकांश वडा अध्यक्षको नाम पनि एमालले टुंगो लगाइसकेको छ । अध्यक्ष श्रेष्ठका अनुसार जिल्लाका ६४ मध्ये अव केहि वडामा मात्र वडाअध्यक्षका लागि नाम टुंग्याउन बा“की छ । रामेछापमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस