खाँडादेविका अध्यक्ष प्रेम तामाङ समाजवादीमा

रामेछाप – रामेछापको खॉडादेवि गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङ शनिबार एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी एमाले बाट गाउ‘पालिकामा अध्यक्ष निर्वाचित भएका थिए ।
तामाङले खॉडादेवि गाउँपालिकाबाट पुन अध्यक्षको उम्मेदवारीको दावि गरेका थिए । तर एमालेले उनलाई उम्मेदवार वन्नबाट रोकेको थियो । जिल्ला ईन्चार्ज रहेका आफ्नै पालिकाका कैलाशप्रसाद ढुंगेल प्रति रुष्ट वनेपछि उनले पार्टी परित्याग गरेको वताइएको छ ।
शनिबार एकिकृत समाजवादीमा प्रवेशको क्रममा उनले जारी गरेको विज्ञप्तिमा विकासबादी क्रियाशिलता, सुशासन र जनमैत्रि कामबाट आफ्नै पार्टीका अगुवा आत्तिएको, इश्र्यालु बनेको र बेलाबखत आफै तगारो वनेको आरोप लगाएका छन् ।
आफ्नो लोकप्रियता र जनभावना विपरितको निर्णय भएकाले उक्त पार्टी परित्याग गरेको तामाङको दावि छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य देवशंकर पौडेलले तामाङलाई स्वागत गरेका थिए ।
यसैविच खॉडादेवि गाउँपालिकाका एमाले जिल्ला कमिटि सदस्य शेरवहादुर तामाङ र वडा नम्बर ७ का वडा अध्यक्ष अशलसिं तामाङले समेत शनिबारनै एमाले परित्याग गरेका छन् । उनीहरुले पार्टी परित्याग गरेको जानकारी गराए पनि अर्को पार्टीमा प्रवेश गरीसकेका छैनन् । वडा अध्यक्ष तामाङ नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भई करिव १ बर्ष अघी बाट एमालेमा प्रवेश गरेका थिए ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस