भट्टराईले गरे नगर प्रमुखमा उठ्ने घोषणा

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता युवराज भट्टराईले आसन्न स्थानीय तहका निर्वाचनमा मन्थली नगरपालिकाको प्रमुख पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।
मन्थली नगरपालिका २ मा काँग्रेसले आयोजना गरेको घर घर जाउँ काँग्रेस जिताऔं अभियान कार्यक्रममा संवोधन गर्दै भट्टराईले आईतबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । पाँच बर्ष अघी काँग्रेसले नगर प्रमुख पदमा उम्मेदवार वनाएपनि अन्तिम अवस्थामा आएर नगर प्रमुखमा आफु उम्मेदवार नहुने जनाएका थिए । त्यसपछि विनोद कार्कीलाई काँग्रेसले उम्मेदवार वनाएको थियो ।
शनिबार मात्रै चनखुमा आयोजित काँग्रेस सभामा काँग्रेसका जिल्ला सचिव तथा यस अघी मन्थली नगरपालिकामा पराजित भएका कार्कीले मन्थली नगरपालिकाको नगर प्रमुखका लागि आफ्नो उम्मेदवारी हुने घोषणा गरेका थिए । कार्कीले घोषणा गर्दा एकै कार्यक्रममा रहेका भट्टराईले त्यसको एक दिन पछि आफु पनि सोहि पदको आकांक्षि भएको घोषणा गरेका हुन ।
भट्टराई २०४६ सालको जलआन्दोलन ताकाका सक्रिय युवा नेता हुन । उनले पञ्चायत विरुद्ध काँग्रेसले संचालन गरेको जनआन्द्योलनका क्रममा रामेछापमा पार्टीको प्रचार प्रसार गरेका थिए । उनि सगैं ध्रुवहरी ढुंगेल समेत पञ्चायत विरोधि आन्दोलनमा सक्रिय थिए । जनआन्दोलन उत्कृर्षमा पुग्नै लागेको बेला दुवैलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।
२०५१ सालमा भएको संसदको मध्यावधि निर्वाचनमा उनले काँग्रेसबाट बागि उम्मेदवार हालेका थिए । त्इसपछि लामो समय सम्म भट्टराई जिल्लाको राजनिती बाट टाढै वसे । केहि बर्ष देखि फेरी उनको राजनीतिक सक्रियता रहदै आएको छ ।
कठजोर घर भएका भट्टराई त्यस क्षेत्रमा काँग्रेसका बलिया उम्मेदवार मानिन्छन् । कठजोर, सालु र सुनारपानी क्षेत्रमा काँग्रेसका अन्य उम्मेदवार भन्दा उनले बढी मत पाउने अवस्था रहेको कार्यकर्ताहरु विच चर्चा छ । भट्टराईले आफु मात्र नभई नगर प्रमुखका लागि अरुको पनि दावि रहेकोले योग्य उम्मेदवार छानेर पार्टीले टिकट दिनु पर्ने र त्यसका लागि आफ्नो दावि रहेको वताए । उनले अवको निर्वाचन हार्ने छुट काँग्रेसलाई नभएको वताउदै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस