स्थानीय निर्वाचन
कार्कीले गरे मन्थली नगर प्रमुखमा उम्मेदवारी घोषणा

रामेछाप – स्थानीय निर्वाचन नजिकिदै जाँदा जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलहरुमा उम्मेदवारहरुको चर्चा चुलिन थालेको छ ।
कसलाई उम्मेदवार वनाउदा निर्वाचन जित्न सकिन्छ ? भन्ने कुराको लेखाजोखा चलिरहेकै बेला रामेछापको मन्थली नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका युवानेता बिनोद कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । चनखुमा शनिबार भएको कार्यक्रममा कार्कीले मन्थली नगरपालिकाको प्रमुखमा आफुले जित्ने दावि गरे । कार्की यस अघी मन्थली नगरपालिकाको प्रमुख पदमा पराजीत भएका थिए ।
काँग्रेसले अघील्लो निर्वाचनमा युबराज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर भट्टराई उम्मेदवारीमा नथेगिएपछि मन्थली माविका पूर्व प्रअ गुञ्जवहादुर श्रेष्ठ लाई नगर प्रमुखका लागि काँग्रेसले अघी सारेको थियो । श्रेष्ठ लाभको पदमा रहेकाले उजुरी परेमा उम्मेदवारी रद्ध हुने भय बढेपछि उम्मेदवारी हाल्ने दिनमा मात्र कार्कीलाई तेश्रो विकल्पको रुपमा खडा गरीएको थियो ।
‘मैले त्यसबेला अरुलाई छोडेको हुँ ’ कार्कीले भने – जतिवेला मैले टिकटको दावि गरेको थिए, त्यति वेला मलाई दिएको भए म त्यहि बेलै चुनाव जित्थे, यतिवेला नगरपालिमा काँग्रेसले नेतृत्व गरेको हुने थियो । तर अन्तिम समयमा आएर मलाई टिकट दिदा मैले प्रचार प्रसारका लागि धेरै तयारी गर्न पाईन त्यसैले निर्वाचनमा मैले र पार्टीले पराजय भोग्नु परेको कार्कीको भनाई छ ।
दुई पटक काँग्रेसको क्षेत्रीय सभापति भइसकेका काँग्रेसका वर्तमान जिल्ला सचिव कार्कीको निर्वाचनमा माहौल वनाउने बेग्लै काईदा छ । उनी नियमित संगठन गर्ने र नागरीकको सुखदुखमा रमाउन जान्दछन् । त्यसैपनि काँग्रेसमा मन्थली नगर हाक्ने अनुहारमा उनीनै अघी छन्, त्यस माथि कुशल संगठक भएका नाताले कार्कीले निर्वाचन जित्ने कुरामा कार्यकर्ताहरु बढीनै आशावादी रहेका छन् ।
काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले गठबन्धन गर्ने निर्णय भएको खण्डमा पनि मन्थली नगरपालिकामा काँग्रेसले अरुलाई नछोड्ने दावि गर्दै आएका छन् । काँग्रेस एक्लै चुनावमा गएर भएपनि मन्थली नगरपालिकामा जित्ने तयारी काँग्रेसको छ । त्यस माथि कार्कीले केहि समय अघी देखिनै निर्वाचन केन्द्रीत तयारी गर्दै आएका छन् ।
चनखु निवासी कार्की त्यस क्षेत्रमा रहेका अन्य पार्टी कार्यकर्ताहरुले समेत रुचाईएका पात्र हुन । चिसापानी, पुरानागाउँ, चनखु, गेलु र फुलासी क्षेत्रमा कार्कीले टिकट पाएको अवस्थामा अन्य उम्मेदवार भन्दा धेरै मत खस्ने आँकलन त्यस क्षेत्रमा गरीदैछ । भलुवाजोर, मन्थली, कठजोर, सालु, सुनारपानी, भटौलीमा समेत कार्कीको नगर प्रमुख उम्मेदवारी बारेको चर्चा उत्तिकै छ । बेलैमा टिकट वितरण गरेको अवस्थामा कार्कीले कार्यकर्ताको भावना अनुसार निर्वाचन जित्नेमा कुनै शंका नभएको कार्यकर्ताहरु वताउने गर्छन् ।
मन्थली नगरपालिकामा प्रमुखका लागि दावि गर्ने कार्की पहिलो उम्मेदवार हुन । यस अघि अन्य कुनै उम्मेदवारले आफु नगर प्रमुखको उम्मेदवार भएको घोषणा गरेका छैनन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस