जनजाति महासंघमा रामेछापका शेर्पा विजयी

काठमाण्डाै । नेपाल जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशनबाट रामेछापका गेल्जे लामा शेर्पा अत्याधिक मत ल्याएर विजयी भएका छन् । काँग्रेस–एमाले गठवन्धका उम्मेदवार लामाले ४४ मत प्राप्त गरेका थिए । उनको प्रतिस्पर्धी रहेका सोनाम लामा वालुङले जम्मा ८ मत पाएका थिए ।
विहिबार नवलपरासीको कावासोतिमा भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती, खुल्ला उपाध्यक्षमा युवराज जिरेल, ध्यानि उराँव, क्षेत्र वहादुर थकाली, गम्भिर गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा र श्रुति कुमाल निर्वाचित भएका छन ।
यसैगरी उक्त अधिवेशनबाट महासचिवमा दिवस राई, उप महासचिवमा रामकृष्ण लामा ब्लोन र कोषाध्यक्षमा विमल सारु मगर निर्वाचित भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस