३ दिने भ्रमणका लागि चिनिया विदेशमन्त्री काठमाण्डौंमा

काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार काठमाण्डौं आइपुगेका छन् ।
१९ सदस्यीय टोली सहित वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । भारतको नयाँ दिल्ली हुदै बाङ यी काठमाडौं आइपुगेका हुन् । चिनियाँ विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्रमन्त्री नारायण खड्कासहित उच्च अधिकारीहरु अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
विदेशमन्त्रीसँगै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतको टोली वाङको स्वागतका लागि विमानस्थल पुगेको थियो । वाङले भारत अघी अफगानिस्तान र पाकिस्तानको समेत भ्रमण गरेका थिए ।
तीन दिने नेपाल बसाईको क्रममा उनले परराष्ट्रमन्त्री खड्का सहित प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस