स्थानिय निर्वाचन केन्द्रित कांग्रेसकाे प्रशिक्षण
रामेछाप – नेपाली कांग्रेस प्रदेश सभा (ख) रामेछापले शनिबार कांग्रेस कार्यकर्तालाई स्थानिय निर्वाचन केन्द्रित प्रशिक्षण दिएकाे छ । सबै स्थानिय निकाय कांग्रेसले जित्नका लागि खेल्नुपर्ने भुमिका र अावस्यक रणनीतिका विषयमा प्रशिक्षण दिइएकाे थियाे।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक केन्द्रिय सहमहामन्त्री बद्री पाण्डेले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै पार्टी भित्रका मतभेदकाे अन्त्य गरि जनताकाे सेवामा समर्पित पार्टीका रुपमा स्थापित हुन, लाेकतन्त्र र जनजीविकाका लागि जनउत्तरदायी सरकार बनाउन कांग्रेस नै निर्वाचित भएर आउनुपर्ने भएकाले कांग्रेसका नेताहरू मतदाताका घर घर पुगेर मन मन बस्न सक्नुपर्ने बताए । त्यसैगरि पाण्डेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसकाे चुनावी अभियान ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन पनि अाग्रह गरे ।
यसैगरि कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) ले घर घरमा गएर कांग्रेसकाे बारेमा सकारात्क कुराहरू र पार्टीकाे विचार, सिद्धान्तबारे प्रष्ट्याउँदै नजिकिँदै गरेकाे स्थानीय निर्वाचनदेखि प्रदेश र संघमा कांग्रेस जिताउन एकजुट भएर अघि बढ्न निर्देशन दिए । तामाङले भने अब टिकटकाे लागि भनेर जिल्ला, प्रदेश तथा नेताहरूकाे घर घर हाेइन कार्यकर्ता र मतदाताकाे मनमा बसेर संगठन निर्माण र एकता गरि खटिन निर्देशन दिदै भने- ‘टिकट दिने प्रक्रिया छ । प्रकृया अनुसार नाम अाएका र चुनाव जित्ने उमेदवारले टिकट पाउने कुरामा विस्वस्त हुन अाग्रह गरेछन् ।
नेपाली कांग्रेस पदेश सभा (ख) रामेछापका सभापति राजेश कुमार श्रेष्ठले प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसले अघि सारेको आवधिक संसदको रक्षा, लोकतन्त्रका साथै सामाजिक-आर्थिक रुपान्तरण सम्बन्धी चुनावी एजेण्डाबारे प्रष्ट पारेर वडास्तरसम्मका नेताहरूलाई प्रशिक्षित गराउनका लागि र चुनावी अभियानका क्रममा पार्टी भित्रको एकतालाई थप सौहार्दपूर्ण बनाउन ,हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीतिलाई कार्यान्वयन गराउन, कांग्रेसको नेतृत्वमा हासिल गरेका राजनीतिक उपलब्धिलाई जनस्तरमा पुर्याउन र एमसीसी बारेको भ्रम चिर्न नेताहरूलाई सामूहिक रूपमा प्रशिक्षण दिइएकाे बताए ।
नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमिति रामेछापकाे आयोजनामा जिल्लाकाे प्रदेश )ख) अन्तर्गतका ४ वटा पालिकाका ३२ वटा वडाहरुकाे पदाधिकारी तथा नेता कार्यकर्तालाई साथै जिल्ला तहका नेता तथा कार्यकर्ता गरि प्रशिक्षणमा ४ सय भन्दा बढी कांग्रेसी नेताहरूकाे सहभागिता रहेकाे भने कार्यक्रममा प्रमुख प्रशिक्षक केन्द्रिय सहमहामन्त्री बद्री पाण्डे र कांग्रेस नेता प्रमाेदहरि गुरागाईले प्रशिक्षण दिएकाे नेपाली कांग्रेसका प्रदेश सभा ‘ख’ का प्रवक्ता शिवराज खड्काले जानकारी दिए । ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस