एकै रात ७ घरमा चोरी
रामेछाप । रामेछापको मन्थली नगरपालिका ४ सालुमा बुधबार एकै रात ७ घरमा चोरी भएको छ । चोरहरुले नगद, पेय पदार्थ, सुनचाँदी लगाएत करीव १५ लाख वराबरको सम्पत्ति चोरी गरेको प्रहरीले जनाएको छ ।
वडा कार्यालय, नेपाल विद्युत प्राधिकरणको स्थानीय काउण्टर लगाएत हार्डवयर पसल, होटल र व्यक्तिका घरहरुमा चोरी भएको छ ।
चोरी भएको जानकारी पाउना साथ सालु प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिहरुको खोजि शुरु गरीएको भएपनि विहिबार अपरान्ह सम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक संतोष श्रेष्ठले सालु चोरी प्रकरणको सुष्म अनुसन्धान थालेको वताएका छन् ।
यस अघी पनि सुनारपानी र सालुमा चोरीका घटना हुने गरेका थिए । चोरी गरेको सामान सहितको चोर फेला पारेर कारवाहि नभएकाले चोरी गर्नेको मनोबल उच्च भएर बारम्बार घटना घटेको हुन सक्ने स्थानीयको आशंका छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस