एकै रात ७ घरमा चोरी
रामेछाप । रामेछापको मन्थली नगरपालिका ४ सालुमा बुधबार एकै रात ७ घरमा चोरी भएको छ । चोरहरुले नगद, पेय पदार्थ, सुनचाँदी लगाएत करीव १५ लाख वराबरको सम्पत्ति चोरी गरेको प्रहरीले जनाएको छ ।
वडा कार्यालय, नेपाल विद्युत प्राधिकरणको स्थानीय काउण्टर लगाएत हार्डवयर पसल, होटल र व्यक्तिका घरहरुमा चोरी भएको छ ।
चोरी भएको जानकारी पाउना साथ सालु प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिहरुको खोजि शुरु गरीएको भएपनि विहिबार अपरान्ह सम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक संतोष श्रेष्ठले सालु चोरी प्रकरणको सुष्म अनुसन्धान थालेको वताएका छन् ।
यस अघी पनि सुनारपानी र सालुमा चोरीका घटना हुने गरेका थिए । चोरी गरेको सामान सहितको चोर फेला पारेर कारवाहि नभएकाले चोरी गर्नेको मनोबल उच्च भएर बारम्बार घटना घटेको हुन सक्ने स्थानीयको आशंका छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस