स्थानिय तहकाे निर्वाचन अागामी बैशाख ३० मा गर्ने
काठमाडौ – सरकारले स्थानिय तहकाे निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहकाे निर्वाचन २०७९ बैशाख ३० मा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आगामी ५ जेठमा ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
त्यस्तै अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले
आइतबार तीन दलकाे बैठकमा अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए भने सोमबार बिहान प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग छुट्टै छलफल समेत गरेका थिए ।
साेही अनुसार आजको मन्त्रिपरिषद् बैठकले
२०७९ बैशाख ३० मा ७५३ वटै स्थानीय तहको
निर्वाचन एकै पटक गर्ने गरि मिति गरेका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस