२८ वर्षदेखि फरार अभियुक्त डाेकाेभित्र लुकेकाे अवस्थामा फेला

रामेछाप – जिल्ला अदालत रामेछापबाट कर्तव्य ज्यान मार्ने उद्योगमा २० वर्ष कैद सजाय सुनाइएका ५५ बर्षिय होम बहादुर थापामगरलाई २८ वर्षपछि डाेकाेभित्र लुकिरहेकाे अबस्थामा प्रहरीले फेला पारेको छ ।
दोरम्बा शैलुङ गाउँपालिका–४ का अभियुक्त थापामगरलाइ प्रहरीले उनकै घरभित्र डोकोमा लुकीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले जानकारी दिएका छन्। २८ बर्ष अघि अदालतबाट २० वर्ष कैद सजाय सुनाएइका थापामगरलाई प्रहरीले विशेष सूचनाको आधारमा घरमा आएको मौका पारेर घरमा प्रहरी थापामगरकाे घर पुगेर खोजतलास गर्दा डोकोमा लुकेर बसेको अवस्थामा फेला पारेकाे ढुङ्गानाले बताए ।
जिल्ला अदालत रामेछापबाट २०५० फागुन १६ गते
कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि २८ बर्षदेखि फरार रहेका थापामगरलाइ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
२०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरी थापामगरसहित ४ जनाले हत्या गरेकाे थिए भने अन्य दोषीहरु पक्राउ परि सजाय भुक्तान गरि सकेका छन् । पक्राउ परेका थापामगरलाई भने आजै जिल्ला अदालत रामेछापमा पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख ढुङ्गाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस