नेकपा एमाले रामेछापकाे जिल्ला अधिबेशन पुष २३ र २४ मा हुने
रामेछाप – नेकपा एमाले रामेछापले जिल्ला अधिबेशन यहि पुस २३ र २४ गते मन्थलीमा हुने भएकाे छ ।
साेमबार पत्रकार सम्मेलनमा एमालेले अधिवेसनको तयारी पुरा भएको जानकारी दिएकाे छ ।
अधिबेसनको उद्घाटन बागमती प्रदेशका पुर्व अर्थमन्त्री तथा एमालेका केन्द्रिय सदस्य कैलाश ढुङ्गेलले गर्ने कार्यक्रम रहेकाे सम्मेलनमा प्रचार विभाग प्रमुख प्रकाश कार्किले जानकारी दिएका छन् ।
जिल्ला अधिबेशन अघि एकै दिन पुस १७ गते सबै वडाहरु भेला गर्नेछ भने १८ गते सबेै पालिकामा पालिक भेला गर्ने र सम्पर्क कमिटी र जनवर्गीय संगठनबाट अधिबेसनका लागि प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ।
एमालेले प्रतिनिधि छनाैटमा केही मापदण्डहरु अपनाएका छ । जस अनुसार पहिलो ५० जना संगठित सदस्य बराबर १ महिला सहित ३ जना पहिलो थप ५० जनामा एक प्रतिनिधि र अर्को थप ५० जना बराबर एक महिला सहित एमालेले प्रतिनिधि छनौट गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
त्यस्तै जनवर्गीय संगठनबाट दुई महिला सहित पाँच जना, प्रत्येक पालिकाबाट ५जना ,सम्पर्क मञ्चबाट दुई महिला सहित १५ जना , प्रत्येक वडाबाट न्युनतम एक जना दलितको प्रतिनिधित्व हुने गरी र ,जिल्ला सल्लाहकार समितिबाट १५ जना प्रतिनिधिले एमाले रामेछाप जिल्ला कमिटीको अधिवेशनमा सहभागिता जनाउने जानकारी दिईएको छ।
प्रतिनिधि छनोट प्रक्रियामा संगठित सदस्य गणक
संख्या २५ भन्दा माथी हुन पुगेमा त्यस्लाई ५० मानी एक प्रतिनिधि छनौट हुने र २४ भन्दा कम सङ्ख्या भएमा त्यसलाई ० मा गणना गरिने एमालेले जनाएको छ।
एमालेले १७ गते वडा कमिटीबाट प्रतिनिधि चयन गरिसक्नुपर्ने बाध्यात्मक अवस्था राहेकाे छ भने
१८ गते पालिका सम्पर्क कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस