काँग्रेस महाधिवेशन : ३८० मत खस्यो

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा ३८० मत खसेको छ ।
पार्टीको १४ औँ महाधिवेशने मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिक्नुभएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसक्नुभएको छ ।
अन्य नेता भने भोट हाल्न लामबद्ध हुनुभएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रिय सभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस