माअाेवादी केन्द्रकाे अाज देशभर वडा अधिबेशन हुदै
काठमाडौ -नेकपा (माओवादी केन्द्र) काे आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन हुदैछ । । माओवादीले शनिबार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्नेछ ।
माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।
माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यसैगरि सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ भने माओवादी
केन्द्रीकाे देशभर करिब ८ लाख सदस्य रहेकाे केन्द्रीय
निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिएका छन् ।
मंसिर ११ मा पालिका र मंसिर २५ मा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गते पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस