काँग्रेसको जिल्ला समितिमा छ जना मनोनित
रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले नेपाली काँग्रेसको विधान बमोजिम ६ जनालाई जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित गरेका छन् ।
विधानको परिच्छेद ३, धारा १२ को उपधारा ५(ख) २ बमोजिम तामाङले क्षेत्रीय प्रतिनिधिहरु ध्रुव लामा खाँडादेवि गाउँपालिका , सुरेश सुवेदी मन्थली नगरपालिका, जितवहादुर कटुवाल उमाकुण्ड गाउँपालिका, दिपेन्द्र खड्का सुनापति गाउँपालिका , नारायण बहादुर बोगटी मन्थली नगरपालिका र चिना खड्का कार्की उमाकुण्ड छन् । अन्य केहि क्षेत्रीय प्रतिनिधिहरुलाई समेत सभापति तामाङले मनोनित गर्ने चर्चा काँग्रेस वृतमा चलेको भएपनि शुक्रबारको बैठकमा ६ जनालाई मात्र मनोनितको पत्र दिइएको हो ।
जिल्ला अधिवेशनमा निर्बाचित भएपछिको तामाङको अध्यक्षतामा भएको पहिलो जिल्ला कार्य समितिको बैठकमा पार्टीका पदाधिकारी तथा सदस्यका अतिरीक्त पूर्व जिल्ला सभापतिहरु रामचन्द्र खड्का र लबश्री न्यौपाने लगाएत महाधिवेशन प्रतिनिधिहरु, विभिन्न तहमा निर्वाचित र पार्टीमा क्रियाशिल नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बैठकमा विभिन्न नेताहरुले आ आफ्ना धारणा राखेका थिए । पार्टीलाई कुनै गुट र उपगुटमा नभै एक ढिक्का भएर आसन्न निर्वाचनमा क्रियासिल वनाएर लैजानका लागि सवै नेताहरुले एकै स्वरमा जोड दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस