काँग्रेसको जिल्ला समितिमा छ जना मनोनित
रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले नेपाली काँग्रेसको विधान बमोजिम ६ जनालाई जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित गरेका छन् ।
विधानको परिच्छेद ३, धारा १२ को उपधारा ५(ख) २ बमोजिम तामाङले क्षेत्रीय प्रतिनिधिहरु ध्रुव लामा खाँडादेवि गाउँपालिका , सुरेश सुवेदी मन्थली नगरपालिका, जितवहादुर कटुवाल उमाकुण्ड गाउँपालिका, दिपेन्द्र खड्का सुनापति गाउँपालिका , नारायण बहादुर बोगटी मन्थली नगरपालिका र चिना खड्का कार्की उमाकुण्ड छन् । अन्य केहि क्षेत्रीय प्रतिनिधिहरुलाई समेत सभापति तामाङले मनोनित गर्ने चर्चा काँग्रेस वृतमा चलेको भएपनि शुक्रबारको बैठकमा ६ जनालाई मात्र मनोनितको पत्र दिइएको हो ।
जिल्ला अधिवेशनमा निर्बाचित भएपछिको तामाङको अध्यक्षतामा भएको पहिलो जिल्ला कार्य समितिको बैठकमा पार्टीका पदाधिकारी तथा सदस्यका अतिरीक्त पूर्व जिल्ला सभापतिहरु रामचन्द्र खड्का र लबश्री न्यौपाने लगाएत महाधिवेशन प्रतिनिधिहरु, विभिन्न तहमा निर्वाचित र पार्टीमा क्रियाशिल नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बैठकमा विभिन्न नेताहरुले आ आफ्ना धारणा राखेका थिए । पार्टीलाई कुनै गुट र उपगुटमा नभै एक ढिक्का भएर आसन्न निर्वाचनमा क्रियासिल वनाएर लैजानका लागि सवै नेताहरुले एकै स्वरमा जोड दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस