नेपाली कांग्रेस प्रदेश (ख) रामेछापकाे कार्यालय गाल्पामा राख्ने निर्णय
रामेछाप -नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्य समितिकाे कार्यालय गाल्पामा राख्ने भएकाे छ । क्षेत्रीय समितिकाे बिहिबार बसेकाे बैठकले कार्यालय गाल्पामा राख्ने निर्णय गरेकाे हाे ।
नेपाली कांग्रेस प्रदेश सभा (ख) काे क्षेत्रीय कार्यसमितिकाे बिहीबार पार्टी कार्यालय मन्थलीमा नवनिर्मित सभापति राजेश कुमार श्रेष्ठकाे अध्यक्षतामा बसेकाे प्रथम बैठकले क्षेत्रीय कार्यसमितिकाे कार्यलय गाल्बामा राख्ने निर्णय गरेकाे हाे । पार्टीकाे सांगठनिक गतिविधि गर्न सजिलो हुनु का साथै क्षेत्रकाे भाैगाेलिक हिसावले पनि खाडादेवि ७ मा पर्ने गाल्पा बजार क्षेत्रका बिच केन्द्र पर्ने स्थान भएकाले कार्यालय गाल्पामा राख्ने निर्णय गरिएकाे सभापति श्रेष्ठले बताए ।
यसैगरी सभापतिकाे निकटतम प्रतिद्वन्द्वी उमेदवार रामकृष्ण ढुङ्गेललाई विधान बमोजिम सदस्यमा मनाेनित गर्ने निर्णय बैठकले गरेकाे छ । त्यस्तै निवर्तमान सभापति विनोद कार्कीलाई अाफ्नाे कार्यकाल सफलता पुर्वक पूरा गरि हस्तान्तरण गरेकाेमा धन्यवाद व्यक्त गर्ने निर्णय गरेकाे छ ।
जिल्लाका विभिन्न स्थानमा रहेर कांग्रेसलाई याेगदान पुर्याउदै अाएका हालै दिवंगत भएका कांग्रेस नेताहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शाेकाकुल परिवारमा समवेदना व्यक्त गर्ने निर्णय समितिले गरेकाे छ ।
बैठकमा क्षेत्रीय कार्यसमिति पदाधिकारी , प्रदेश महाधिवेशन प्रतिनिधि , निवर्तमान जिल्ला सभापति लवश्री न्याैपाने, निवर्तमान जिल्ला काेषाध्यक्ष कुमार श्रेष्ठ , नवनिर्मित जिल्ला सचिव एंव निवर्तमान क्षेत्रीय सभापति विनाेद कार्की , दाेरम्बा गाउपालीका अध्यक्ष , खाडादेवि गाउपालीका अध्यक्ष लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस