नेपाली कांग्रेस प्रदेश (ख) रामेछापकाे कार्यालय गाल्पामा राख्ने निर्णय
रामेछाप -नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्य समितिकाे कार्यालय गाल्पामा राख्ने भएकाे छ । क्षेत्रीय समितिकाे बिहिबार बसेकाे बैठकले कार्यालय गाल्पामा राख्ने निर्णय गरेकाे हाे ।
नेपाली कांग्रेस प्रदेश सभा (ख) काे क्षेत्रीय कार्यसमितिकाे बिहीबार पार्टी कार्यालय मन्थलीमा नवनिर्मित सभापति राजेश कुमार श्रेष्ठकाे अध्यक्षतामा बसेकाे प्रथम बैठकले क्षेत्रीय कार्यसमितिकाे कार्यलय गाल्बामा राख्ने निर्णय गरेकाे हाे । पार्टीकाे सांगठनिक गतिविधि गर्न सजिलो हुनु का साथै क्षेत्रकाे भाैगाेलिक हिसावले पनि खाडादेवि ७ मा पर्ने गाल्पा बजार क्षेत्रका बिच केन्द्र पर्ने स्थान भएकाले कार्यालय गाल्पामा राख्ने निर्णय गरिएकाे सभापति श्रेष्ठले बताए ।
यसैगरी सभापतिकाे निकटतम प्रतिद्वन्द्वी उमेदवार रामकृष्ण ढुङ्गेललाई विधान बमोजिम सदस्यमा मनाेनित गर्ने निर्णय बैठकले गरेकाे छ । त्यस्तै निवर्तमान सभापति विनोद कार्कीलाई अाफ्नाे कार्यकाल सफलता पुर्वक पूरा गरि हस्तान्तरण गरेकाेमा धन्यवाद व्यक्त गर्ने निर्णय गरेकाे छ ।
जिल्लाका विभिन्न स्थानमा रहेर कांग्रेसलाई याेगदान पुर्याउदै अाएका हालै दिवंगत भएका कांग्रेस नेताहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शाेकाकुल परिवारमा समवेदना व्यक्त गर्ने निर्णय समितिले गरेकाे छ ।
बैठकमा क्षेत्रीय कार्यसमिति पदाधिकारी , प्रदेश महाधिवेशन प्रतिनिधि , निवर्तमान जिल्ला सभापति लवश्री न्याैपाने, निवर्तमान जिल्ला काेषाध्यक्ष कुमार श्रेष्ठ , नवनिर्मित जिल्ला सचिव एंव निवर्तमान क्षेत्रीय सभापति विनाेद कार्की , दाेरम्बा गाउपालीका अध्यक्ष , खाडादेवि गाउपालीका अध्यक्ष लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस