धोबिमा काँग्रेसको वृहत कार्यक्रम
रामेछाप । नेपाली काँग्रेस रामेछापको सम्पन्न चौधौं जिल्ला अधिवेशन पछि पहिलो पटक रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोबिमा पुगेर जिल्ला तहका सवै नेताहरुले एकताको सन्देश दिएका छन् । विजय भएका र पराजय वेहोरेका नेताहरु जिल्ला अधिवेशन पछि एकै मञ्चमा भेला भएका हुन् । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदन प्रदान र वृहत सांस्कृतिक कार्यक्रममा सहभागि नेताहरुले रामेछाप काँग्रेस अव एक भएर अघी बढ्ने बाचा दिएका थिए ।
काँग्रेसको उक्त पालिकाका अध्यक्ष सुन्दर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) ले प्रमुख अतिथि र निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने विशिष्ठ अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए । जिल्ला उप सभापति लेखवहादुर कार्की, नबराज थोकर, जिल्ला सचिव बिनोद कार्की र दिपक खड्का , प्रदेश सभापति निरज खड्का लगाएतले काँग्रेसले हिजोको दिन विर्सेर गुटमा विभाजन हैन् एक भएर आसन्न निर्वाचनमा लाग्नु पर्ने र काँग्रेसको चारतारे झण्डा हरेक वडामा गाड्नु पर्ने वताएका थिए ।
कार्यक्रममा लिखु तामाकोशी गाउंपालिकाका विभिन्न वडाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र छोडेर नेपाली काँग्रेसमा प्रवेश गर्नेलाई जिल्ला सभापति र निवर्तमान जिल्ला सभापति लगाएतले स्वागत गरेका थिए । खिम्ती , दुरागाउँ, नागदह र विजुलीकोटबाट दर्जनौ कार्यकर्ताले काँग्रेसको सदस्यता लिएका थिए ।
सम्पन्न जिल्ला अधिवेशन पछिको पहिलो कार्यक्रम भएकाले काँग्रेसका जिल्ला, प्रदेश र पालिका स्तरका नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र भातृ संघ संस्थाका प्रतितिनिधि समेतको ठुलो सहभागिता रहेको थियो । सो अवसरमा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकार हरु प्रकाश कटुवाल, कल्पना सुनुवार लगाएतले सांस्कृतिक कार्यक्रममा सहभागिको मन जितेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस