धोबिमा काँग्रेसको वृहत कार्यक्रम
रामेछाप । नेपाली काँग्रेस रामेछापको सम्पन्न चौधौं जिल्ला अधिवेशन पछि पहिलो पटक रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोबिमा पुगेर जिल्ला तहका सवै नेताहरुले एकताको सन्देश दिएका छन् । विजय भएका र पराजय वेहोरेका नेताहरु जिल्ला अधिवेशन पछि एकै मञ्चमा भेला भएका हुन् । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदन प्रदान र वृहत सांस्कृतिक कार्यक्रममा सहभागि नेताहरुले रामेछाप काँग्रेस अव एक भएर अघी बढ्ने बाचा दिएका थिए ।
काँग्रेसको उक्त पालिकाका अध्यक्ष सुन्दर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) ले प्रमुख अतिथि र निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने विशिष्ठ अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए । जिल्ला उप सभापति लेखवहादुर कार्की, नबराज थोकर, जिल्ला सचिव बिनोद कार्की र दिपक खड्का , प्रदेश सभापति निरज खड्का लगाएतले काँग्रेसले हिजोको दिन विर्सेर गुटमा विभाजन हैन् एक भएर आसन्न निर्वाचनमा लाग्नु पर्ने र काँग्रेसको चारतारे झण्डा हरेक वडामा गाड्नु पर्ने वताएका थिए ।
कार्यक्रममा लिखु तामाकोशी गाउंपालिकाका विभिन्न वडाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र छोडेर नेपाली काँग्रेसमा प्रवेश गर्नेलाई जिल्ला सभापति र निवर्तमान जिल्ला सभापति लगाएतले स्वागत गरेका थिए । खिम्ती , दुरागाउँ, नागदह र विजुलीकोटबाट दर्जनौ कार्यकर्ताले काँग्रेसको सदस्यता लिएका थिए ।
सम्पन्न जिल्ला अधिवेशन पछिको पहिलो कार्यक्रम भएकाले काँग्रेसका जिल्ला, प्रदेश र पालिका स्तरका नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि र भातृ संघ संस्थाका प्रतितिनिधि समेतको ठुलो सहभागिता रहेको थियो । सो अवसरमा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकार हरु प्रकाश कटुवाल, कल्पना सुनुवार लगाएतले सांस्कृतिक कार्यक्रममा सहभागिको मन जितेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस